विज्ञापन

सत्यबादि मा वि भोपुरमा नेपाल–भारत सहयोगमा १४ करोडको प्रशासनिक तथा छात्रावास भवन निर्माणको शिलान्यास

विज्ञापन
Image
विज्ञापन

माया कुमारी  ताडि -बझाङ – सत्यबादी माध्यमिक विद्यालय, भोपुरमा नेपाल–भारत सहयोगमा करिब १४ करोड रुपैयाँको लगानीमा निर्माण हुन गइरहेकाे प्रशासनिक भवन तथा छात्रावास भवनको शिलान्यास गरिएको छ।
आज विद्यालय परिसरमा आयोजित  बिध्यालय   ब्यबस्थापन समितिका अध्यक्ष नरेन्द्र बहादुर खड्का काे अध्यक्षता कार्यक्रममा भारतीय राजदूतावासका प्रथम सचिव नारायण सिंह र जयपृथ्वी नगरपालिकाका नगर प्रमुख चेतराज बजालले संयुक्त रूपमा भवनको शिलान्यास गरेका हुन्।
शिलान्यास कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कैलाश ठकुराटी, सायक प्रमुख जिल्ला अधिकारी सत्य कुमारी  जाेशि   जयपृथ्वी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नैन बहादुर सिंह, जयपृथ्बि बहुमुखि क्याम्पस प्रमुख दिर्घराज पण्डित बिब्यस सदस्यहरु ,  सुरक्षा निकायका प्रमुखहरू तथा स्थानीय सरोकारवालाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
उद्घाटन समारोहमा नगर प्रमुख चेतराज बजालले नेपाल–भारतबीचको मैत्रीपूर्ण सम्बन्ध र सहकार्यले शिक्षा क्षेत्रको पूर्वाधार विकासमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको बताउनुभयो। उहाँले यस परियोजनाले विद्यालयको समग्र शैक्षिक वातावरण सुधार गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो।
निर्माण सम्पन्न भएपछि विद्यार्थीहरूको पठनपाठनकाे वातावरण मा ढाडा बाट अाउने बिध्यार्थि हरुलाइ  सहज हुने, आवासीय सुविधामा सुधार आउने तथा विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि हुने अपेक्षा गरिएको छ।
जिल्लाकै पुरानाे तथा भरपर्दाे बिध्यालय भएका ले हाल १६८२ जना बिध्यार्थिहरु अध्यन गरिरहेका छन जिल्ला भरिबाटै  पड्न  अाउने संख्या बड्दाे रहेका ले गरिब तथा जेहेन्दार बिध्यार्थिका लागि निशुल्क छात्राबास बन्दा अध्यन अध्यापन मा  सहज हुने बिब्यस अध्यक्ष खड्का ले बिश्वास  लिएका  छन ।  खड्का अध्यक्ष बनेपछि भवन , फिल्ड निर्माण, तथा घेरबार लगायत बिध्यालयकाे शैशिक तथा प्रसानिक लगायत ब्यबस्थापनकाे उल्लेख्य बिकास भएकाे अभिभावक ले बताएका छन । उक्त कार्यक्रमकाे संचालन शिक्षक लक्ष्मण उपाध्यायले गरेका थिय भने स्वागत मन्तब्य प्रअ खगेन्द्र प्रसाद  जाेशिले गरेका  थिय

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन