विज्ञापन

समझना वि .क हत्या प्रकरणमा दोषी ठहरिएका ब्यक्ति काे उपचारका क्रममा मृत्यु

विज्ञापन
Image
विज्ञापन

माया कुमारी ताडि – बझाङ — मष्टा गाउँपालिका वडा न .२ मा २०७७ साल असोज ६ गते १२ वर्षीया समझना वि .क को बलात्कार पछि  हत्या भएको घटनामा दोषी ठहरिएका  व्यक्तिको उपचारका क्रममा मृत्यु भएको छ। समझना बिक लाई मष्टा गाउपालिका वडा न २ खिकाला नजिक रहेकाे शिव मन्दिर भित्र बलत्कार गरि हत्या गरिएकाे थियाे । बझाङ जिल्ला प्रहरी कार्यलयका तत्कालिन डि एस पि  रुपक खड्काकाे नेतृत्वमा खटिएकाे टाेलिले उक्त ब्यक्तिलाई नियन्तणमा लिई अनुसन्धान काे थालनि गरेका थिय
समझना विकको हत्या प्रकरणमा मष्टा गाउँपालिका–२ का परिवर्तित नाम ‘ई कुमार’ र ‘एफ कुमार’लाई अदालतले दोषी ठहर गर्दै जबर्जस्ती करणीमा १६ वर्ष ८ महिना तथा ज्यान मार्ने उद्योगमा १६ वर्ष ८ महिना कैद सजाय सुनाएको थियो।
दोषी ठहर भएकाे ब्यक्ति  घटना हुँदाका समयमा नाबालक रहेकाले बाल सुधार गृहमा राखिएकाे थिए। नाबालक  मृतकको उपचारका क्रममा मृत्यु भएको बाल सुधार गृह बाँकेका प्रमुख श्याम रानाले जानकारी दिएका छन्।
रानाका अनुसार २०८० साल फागुन २३ गते उनलाई नौबस्ता बाल सुधार गृह, नेपालगन्ज, बाँकेमा सरुवा गरिएको थियो। सरुवा भएर आएदेखि नै नसा सम्बन्धी समस्या देखिएको र हिँडडुल गर्न समेत असहज हुने गरेको थियो। पछिल्लो समय श्वासप्रश्वासमा समस्या देखिएपछि उपचारका लागि सबजिबनि अस्पताल बाके  लगिएको र उपचारकै क्रममा मृत्यु भएको रानाले बताए।
मृतकका परिवारलाई घटनाबारे जानकारी गराइ सकिएको र परिवार बझाङबाट बाँकेतर्फ आउँदै गरेको बाल सुधार गृह प्रमुख रानाले बताएका छन्। शवको पोस्टमार्टम पछि परिवारलाई जिम्मा लगाइने उनले जानकारी दिए।
समझना विकको जन्म २०६६ साल वैशाख २१ गते भएको थियो।  उनको हत्या प्रकरणले बझाङमा मात्र नभई देश भरि नै स्तब्ध भएकाे थियाे ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन