माया कुमारी ताडि – बझाङ -नेपाली कम्युनिष्ट पार्टीले बझाङ जिल्ला प्रतिनिधिसभा निर्वाचनका लागि मीनबहादुर कुवरलाई उम्मेदवारका रूपमा उम्मेदवारी दर्ता प्रमाण पत्र प्रदान गरेको छ। लामो समयदेखि क्रियाशील राजनीतिज्ञ कुवर जनयुद्ध कालमा जनमुक्ति सेनाका विभिन्न मोर्चामा कमाण्डरका रूपमा सक्रिय रहँदै महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए।
शान्ति प्रक्रियापछि कुवरले वाई सी एल को नेतृत्व सम्हाल्दै सुदूरपश्चिम प्रदेशमा संगठन विस्तार र पार्टी सुदृढीकरणमा उल्लेखनीय योगदान पुर्याएका थिए। नेकपा एमाले र नेकपा माओवादी केन्द्र एकता भई बनेको नेकपामा उनी बझाङ जिल्ला अध्यक्षका रूपमा समेत कार्यरत रहेर काम गरे । पार्टी विभाजनपछि उनी नेकपा माओवादी केन्द्रको जिल्ला अध्यक्ष, केन्द्रीय सदस्य हुँदै बझाङ जिल्ला इन्चार्जको जिम्मेवारीमा रहेर काम गरे। हाल १६ दल मिलेर बनेकाे नेपाली कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य समेत रहेका छन्।
सानै उमेर देखि राजनीतिमा सक्रिय कुवर बझाङ जिल्लामा युवा, भरपर्दा र प्रखर वक्ताका रूपमा परिचित छन्। जयपृथ्वी नगरपालिका वडा नम्बर १०, केईराका स्थायी बासिन्दा कुवरलाई इमान्दार, देशभक्त र जोश–जाँगर सहित प्रतिनिधिसभामा पुग्नैपर्ने नेताका रूपमा चिन्ने गरेकाे स्थानीयले बताए ।
बझाङमा २०६४ र २०७० सालको सबिधानसभाकाे निर्वाचनमा साबिक नेकपा माओवादी केन्द्रका तर्फबाट देवराज रेग्मी उम्मेदवार बनेका थिए। त्यस यता विभिन्न निर्वाचनमा गठबन्धनका कारण अन्य दलका उम्मेदवारले नेतृत्व गर्ने अवसर पाउँदै आएका थिए। करिब १२ वर्षपछि आफ्नै पार्टी नेतृत्वको उम्मेदवारलाई मतदान गर्न पाउने अवसर आएको भन्दै स्थानीय कार्यकर्ता र मतदातामा उत्साह देखिएको छ।
यस पटक मीनबहादुर कुवर जस्ता ऊर्जाशील र लोकप्रिय युवा नेता उम्मेदवार बनेकाले निर्वाचनमा उनको पल्ला भारी हुने स्थानीयको दाबी छ। नेकपा एमालेभित्रको आन्तरिक असन्तुष्टि र निर्वाचनको मुखमै कांग्रेस
भित्र देखिएको विभाजनले कुवरको विजय सम्भावना बलियो भएको राजनीतिक विश्लेषकहरूले बताएका छन्।
विज्ञापन

नेपाली कम्युनिष्ट पार्टी बझाङ जिल्ला प्रतिनिधिसभा उम्मेदवार मा मीनबहादुर कुवंर
विज्ञापन

विज्ञापन

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन

विज्ञापन

विज्ञापन

विज्ञापन

विज्ञापन

विज्ञापन

विज्ञापन

विज्ञापन

विज्ञापन

नयाँ प्रकाशित
विज्ञापन

विज्ञापन

विज्ञापन

विज्ञापन








