विज्ञापन

खाद्य सुरक्षा, दिगो जीविकोपार्जन र महिला सशक्तीकरण परियाेजना सम्बन्धी समन्वय बैठक सम्पन्न

विज्ञापन
Image
विज्ञापन

माया कुमारी ताडि बझाङ — साहारा नेपालको आयोजनामा “खाद्य सुरक्षा सुधार, दिगो जीविकोपार्जन र महिला सशक्तीकरण” परियोजनासम्बन्धी समन्वय तथा सहकार्य बैठक मष्टा गाउँपालिकाको कार्यालयकाे हलमा सम्पन्न भएको छ।
मष्टा गाउँपालिका अध्यक्ष ज्ञान बहादुर बोहराको अध्यक्षतामा सुरु भएकाे  कार्यक्रममा उपाध्यक्ष हर्क धामी, वडा नं. १ का अध्यक्ष रामचन्द्र रोकाया, वडा नं. ४ का अध्यक्ष उत्तमराज जोशी, वडा नं. ६ का अध्यक्ष शिवराज बोहरा लगायत विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
त्यसैगरी कृषि ज्ञान केन्द्रका कार्यालय प्रमुख जनक सिंह, घरेलु उद्योग कार्यालयका प्रतिनिधि दशरथ जप्रेल, जिल्ला वन कार्यालयका प्रतिनिधि लोकेन्द्र रोकाया, हेफर नेपालका मष्टा कोअर्डिनेटर मनोज खाती, मष्टा गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत दीपक बोहरा, लेखा शाखा प्रमुख गगन गुरुधामी तथा कार्यपालिका सदस्य र अन्य शाखा प्रमुखहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा साहारा नेपालका जिल्ला संयोजक उमेशराज जोशीले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने परियोजनाबारे विस्तृत जानकारी फिल्ड कोअर्डिनेटर दिनेश रोकायाले प्रस्तुत गरेका थिए।
उक्त परियोजना अन्तर्गत खाद्य सुरक्षा, महिला सशक्तीकरण र दिगो जीविकोपार्जनका क्षेत्रमा विभिन्न गतिविधिहरू सञ्चालन हुँदै आएका छन्। हाल मष्टा गाउँपालिकाका वडा नं. ३, ४, ५, ६ र ७ मा परियोजना कार्यान्वयन भइरहेको जानकारी दिइएको छ।
बैठकमा परियोजनाका उपलब्धि, चुनौती र आगामी कार्ययोजनाबारे छलफल गरिएको थियो। साथै सरोकारवालाबीच सहकार्य र समन्वयलाई थप प्रभावकारी बनाउने विषयमा जोड दिइएको थियो।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन