माया कुमारी ताडी बझाङ -थलारा गाउँपालिकाले पाठेघरको मुखको क्यान्सरको पूर्व परीक्षण (VIA) सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ। ग्रामिण भेगहरुमा महिलाहरुमा देखिने समस्या लाई मध्यनजर गर्दै महिलाहरूको स्वास्थ्य परीक्षण तथा स्क्रिनिङ सेवाका लागि विभिन्न वडाका स्वास्थ्य संस्थाहरूमा शिविर आयोजना गरिने गाउपालिका अध्यक्ष प्रकास राेकाया ले बताए। बस्तिहरुमा गएरै सेवा दिने गरि मिति तय गरेकाे स्वास्थ्य साखा प्रमुख पदम बहादुर ओलि का अनुसार शिविर आधारभूत स्वास्थ्य सेवा केन्द्र वडा न १ माेतिपुरमा र मालुमेला स्वास्थ्य चौकि वडा न . ९ मालुमेला मा माघ २६ गते हुने भएकाे छ । दगार्जि स्वास्थ्य चौकी वडा न २ दंगार्जि र कुलाकाट्ने सामुदायिक स्वास्थ्य ईकाई वडा न ९ मा २७ गते हुने भएकाे छ भने कोइरालाकोट स्वास्थ्य चौकी, वडा नं. ७ माडुकाट्ने र आधारभूत स्वास्थ्य सेवा केन्द्र, वडा नं. ४ महेन्द्रधार २८ गते त्यसै गरि पाराकाट्ने स्वास्थ्य चौकी, वडा नं. ३ पाराकाट्ने र आधारभूत स्वास्थ्य सेवा केन्द्र, वडा नं. ८ साँयरमा २९ गते सिबिर संचालन हुने भएकाे छ र काेटभैरब स्वास्थ्य चौकि वडा न ५ काेटफेरा र आधारभूत स्वास्थ्य सेवा केन्द्र वडा न ६ खौलामा फागुन १ गते शिविर सञ्चालन गरिने प्रमख प्रमुख प्रसासकिय अधिकृत प्रयागराज पाध्या ले बताएकम छन ।
गाउँपालिकाले तोकिएका मितिहरूमा सम्बन्धित स्वास्थ्य संस्थामा उपस्थित भई महिलाहरूलाई निःशुल्क परीक्षण सेवा लिन आग्रह गरेको छ। शिविरबाट समयमै परीक्षण गरी रोगको पहिचान र रोकथाममा सहयोग पुग्ने विश्वास लिएकाे गाउपालिका उपाध्यक्ष राम बहादुर खातिले बताएका छन ।
विज्ञापन

थलारा गाउँपालिकामा पाठेघरको मुखको क्यान्सर पूर्व परीक्षण (VIA) सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने
विज्ञापन


विज्ञापन

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन

विज्ञापन

विज्ञापन

विज्ञापन

विज्ञापन

विज्ञापन

विज्ञापन

विज्ञापन

विज्ञापन

नयाँ प्रकाशित
विज्ञापन

विज्ञापन

विज्ञापन

विज्ञापन











