माया कुमारी ताडि बझाङ -स्थानीय तह विशेष क्षेत्र विकास कार्यक्रमसम्बन्धी जिल्ला स्तरिय समन्वयात्मक अन्तरक्रिया बैठक बझाङमा सम्पन्न भएको छ। भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बझाङको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो।
जिल्ला समन्वय समिति उपप्रमुख कृष्ण बिष्टको अध्यक्षतामा सुरु भएको कार्यक्रममा जयपृथ्वी नगरपालिका प्रमुख चेतराज बजाल प्रमुख अतिथिको रूपमा सहभागी रहेका थिए। साथै विभिन्न गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष तथा पालिकाका भेटनरी शाखा प्रमुखहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रममा भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बझाङका प्रमुख कबिराज कठायतले कार्यक्रमको उद्देश्य तथा कार्यविधिबारे विस्तृत जानकारी गराएका थिए। उनका अनुसार प्रदेश सरकारबाट कुल ४ करोड ८० लाख रुपैयाँ अनुदान विनियोजन गरिएको छ, जसअनुसार प्रत्येक पालिकाले ४० लाख रुपैयाँ बराबरको अनुदान प्राप्त गर्नेछन्।
भेटनरी प्राविधिक कबिराज धामीका अनुसार बझाङ जिल्लाका १२ वटा पालिकाबाट ठूलो संख्यामा आवेदन परेका छन्। मष्टा गाउँपालिकाबाट १२८, साइपाल गाउँपालिकाबाट ३७, तलकोट गाउँपालिकाबाट ८१, जयपृथ्वी नगरपालिकाबाट ६९, सुर्मा गाउँपालिकाबाट ६५, छबिस पाथिभेरा गाउँपालिकाबाट ४६, खप्तडछान्ना गाउँपालिकाबाट ५६, थलारा गाउँपालिकाबाट ४७, दुर्गाथली गाउँपालिकाबाट ३२, केदारस्यु गाउँपालिकाबाट ३५, बित्थडचिर गाउँपालिकाबाट ४२ तथा बुंगल नगरपालिकाबाट ४६ वटा आवेदन पेश भएको नायब सुब्बा महेश ओझाले जानकारी दिएका छन्।
बैठकले कार्यविधिको आधारमा आवश्यकताको प्राथमिकता अनुसार अनुदान रकम विनियोजन गर्ने निर्णय गरेको छ। साथै किसानहरूले कुल लागतको ५० प्रतिशत रकम आफैंले व्यहोर्नुपर्ने व्यवस्था रहेको कार्यालय प्रमुख कबिराज कठायतले बताएका छन्।
उक्त कार्यक्रमले स्थानीय तहहरूबीच समन्वय सुदृढ गर्दै पशुपालन क्षेत्रको विकासमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास लिइएको छ।
विज्ञापन

बझाङमा स्थानीय तह विशेष क्षेत्र विकास कार्यक्रम सम्बन्धी भेटनरि बिज्ञ केन्द्र द्वारा समन्वयात्मक अन्तरक्रिया बैठक सम्पन्न
विज्ञापन


विज्ञापन

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन

विज्ञापन

विज्ञापन

विज्ञापन

विज्ञापन

विज्ञापन

विज्ञापन

विज्ञापन

विज्ञापन

नयाँ प्रकाशित
विज्ञापन

विज्ञापन

विज्ञापन

विज्ञापन










