सेर बहादुर बाेहरा बझाङ -सुदूरपश्चिम प्रदेशको अति दुर्गम बझाङ जिल्लामा रहेको साईपाल गाउँपालिका अझै पनि नेपालकै
ढ सडक नपुगेको गाउँपालिकाका रूपमा चिनिँदै आएको छ। संघीय, प्रदेश र स्थानीय सरकार स्थापना भएको करिब ९ वर्ष पुग्न लाग्दा पनि साईपालमा सडक निर्माणका लागि ठोस पहल नहुनु विडम्बनापूर्ण विषय बनेको छ।
स्थानीयवासीका अनुसार हरेक निर्वाचनका बेला सडक निर्माणका आश्वासन सुनाइए पनि व्यवहारमा कुनै प्रगति हुन सकेको छैन। भौगोलिक रूपमा अत्यन्त विकट साईपाल गाउँपालिका बझाङ जिल्लाकै सबैभन्दा दुर्गम क्षेत्रमा पर्छ। यहाँ सडक नहुँदा दैनिक उपभोग्य सामग्री ढुवानीदेखि स्वास्थ्य, शिक्षा र आपतकालीन सेवासम्म गम्भीर समस्या उत्पन्न हुँदै आएको छ।
सडकको अभावकै कारण बिरामी, गर्भवती महिला तथा वृद्धवृद्धालाई उपचारका लागि घण्टौँसम्म डोको, स्टेचर वा बोकेर हिँड्नुपर्ने बाध्यता साईपालको नियमित समस्या बनेको छ। सामान्य अवस्थामा केही मिनेटमै अस्पताल पुर्याउन सकिने बिरामीलाई साईपालमा भने घण्टौँ जोखिमपूर्ण यात्रा गर्नुपर्दा ज्यानसमेत जोखिममा पर्ने गरेको स्थानीय देबेन्द्र धामिले बताएका छन
यसैबीच, केही दिनअघि साईपाल गाउँपालिका वडा नम्बर १ की गिता बाहेरा लडेर घाइते भएपछि साईपालको पीडा फेरि एकपटक सार्वजनिक भएको छ। सडक वा एम्बुलेन्सको सुविधा नहुँदा स्थानीयवासीले उनलाई पहाडी गोरेटो बाटो हुँदै बोकेर लैजानुपरेको थियो। उक्त घटनाको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि साईपालको वास्तविक अवस्था देशभर चर्चा भएको छ।
भिडियोमा स्थानीयवासीको विवशता, दुर्गम भूगोल र आधारभूत पूर्वाधारको चरम अभाव स्पष्ट देखिन्छ। यस्तो अवस्था बारम्बार दोहोरिँदा पनि सम्बन्धित निकायले गम्भीर चासो नदेखाएको भन्दै स्थानीयवासीले आक्रोश व्यक्त गरेका छन्।
साईपालबासीका अनुसार सडक नहुँदा खाद्यान्न ढुवानी महँगो भएको छ भने विकास निर्माणका कामसमेत प्रभावकारी रूपमा अघि बढ्न सकेका छैनन्। “हामीलाई चुनावी भाषणमा मात्र विकास देखाइन्छ, व्यवहारमा सधैँ उपेक्षा सहनुपरेको छ,साईपाल गाउपालिका वडा न १ का प्रदिप बाेहराले गुनासो गरे।
स्थानीयवासीले संघ, प्रदेश र स्थानीय सरकारसँग अब आश्वासन होइन, स्थायी र भरपर्दो सडक पहुँचको माग गरेका छन्। गिता बाहेराको घटनाले साईपालको वास्तविक अवस्था उजागर गरेको भन्दै अब पनि राज्य मौन बसिरहे साईपालबासीको पीडा अझै बढ्दै जाने उनीहरूको भनाइ छ।
विज्ञापन

साईपाल अझै पनि सडकविहीन, गिता बाहेराको घटनाले उजागर गर्यो दुर्गमको पीडा
विज्ञापन

विज्ञापन

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन

विज्ञापन

विज्ञापन

विज्ञापन

विज्ञापन

विज्ञापन

विज्ञापन

विज्ञापन

विज्ञापन

नयाँ प्रकाशित
विज्ञापन

विज्ञापन

विज्ञापन

विज्ञापन











