विज्ञापन

लैंगिक हिंसा रोकथाम तथा प्रतिकार्य परियोजना दोस्रो चरण जिल्ला स्तरीय बैठक सम्पन्न

विज्ञापन
Image
विज्ञापन

माया कुमारी  ताडि बझाङ – लैंगिक हिंसा रोकथाम तथा प्रतिकार्य परियोजना (दोस्रो चरण) अन्तर्गत जिल्ला स्तरीय लैंगिक हिंसा व्यवस्थापन समितिको बैठक आज जिल्ला समन्वय समितिको हलमा सम्पन्न भएको छ।
जिल्ला समन्वय समिति उपप्रमुख कृष्ण बिष्टको अध्यक्षतामा सुरु भएको कार्यक्रममा जयपृथ्वी नगरपालिका प्रमुख चेतराज बजाल, दुर्गाथली गाउँपालिका अध्यक्ष दिल बहादुर थापा, छबिसपाथिभेरा गाउँपालिका अध्यक्ष वसन्त बहादुर चलाउने, बिथ्थडचिर गाउँपालिका अध्यक्ष अमर महर, थलारा गाउँपालिका अध्यक्ष प्रकाश रोकाया लगायतको उपस्थिति रहेको थियो। साथै सहायक प्रमुख जिल्ला अधिकारी सत्यकुमारी जोशी, जिल्ला प्रहरी प्रमुख, विभिन्न गाउँपालिकाका उपाध्यक्षहरू, प्रमुख प्रशासकीय अधिकृतहरू, पत्रकार तथा सहयोगी संस्थाका प्रतिनिधिहरूको पनि सहभागिता रहेको थियो।
बैठकमा गत आर्थिक वर्ष तथा चालु आर्थिक वर्षको फागुन मसान्तसम्मको प्रगति प्रतिवेदन जिल्ला अस्पताल प्रमुख सन्दीप ओखेडाले प्रस्तुत गरेका थिए। प्रस्तुत प्रतिवेदनमा जिल्लामा लैंगिक हिंसासम्बन्धी घटनाको अवस्था, सेवा प्रवाह तथा चुनौतीहरूबारे जानकारी गराइएको थियो।
त्यसैगरी, बैठकका एजेन्डाहरू UNFPA बझाङका जिल्ला संयोजक गणेश बहादुर साहले प्रस्तुत गरेका थिए। बैठकमा लैंगिक हिंसा न्यूनीकरणका लागि समन्वय, सचेतना अभिवृद्धि तथा सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने विषयमा छलफल गरिएको थियो।
कार्यक्रममा सहभागीहरूकाे तर्फबाट मष्टा गाउपालिका वडा न १ का वडा अध्यक्ष रामचन्द्र राेकायाले  लैंगिक हिंसा अन्त्यका लागि सबै सरोकारवाला निकायबीच सहकार्य आवश्यक रहेकोमा जोड दिएका थिए। शुभकामना मनतब्य राख्दै जयपृथ्बि नगरपालिका प्रमुख चेतराज बजाल ले  पीडित मैत्री सेवा विस्तार र स्थानीय तहको भूमिकालाई थप सुदृढ बनाउने विषयमा पनि सुझाव प्रस्तुत गरिएको थियो भने उक्त कार्यक्रमकाे समापन जिल्ला समन्वय समिति  उप  प्रमुख कृष्ण बिष्टले गर्नु भएकाे थियाे र कार्यक्रमकाे संचालन गिता शाहि ले गर्नु भएकाे थियाे ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन