विज्ञापन

जयपृथ्वी नगरपालिका पाँचौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता  सम्पन्न

विज्ञापन
Image
विज्ञापन

माया कुमारी  ताडी बझाङ — जयपृथ्वी नगरपालिकाको  आयोजनामा सम्पन्न पाँचौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा  विभिन्न माध्यमिक विद्यालयबीच भएको प्रतिस्पर्धामा सुनिपिपलचौर माध्यमिक विद्यालयले सर्वाधिक पदक जित्दै प्रथम स्थान हासिल गरि लगातार सिल्ड जित्न सफल भएकाे छ ।
प्रतियोगितामा सुनिपिपल चौर मा वि ले १८ स्वर्ण, ४ रजत र १ कास्य पदक सहित कुल २३ पदक  प्राप्त गर्दै प्रथम  स्थान प्राप्त गर्न   सफल भएकाे छ । भने  सत्यबादि  मा वि ले ८ स्वर्ण, ५ रजत र १४ कास्य पदकसहित २७ पदक  जोड्दै दोस्रो स्थान हासिल गरेको छ भने जाल्पा मा वि ले २ स्वर्ण, १० रजत र ६ कास्य पदक सहित १८ अंक प्राप्त गर्दै तेस्रो स्थान प्राप्त गरेका छन ।
प्रतियोगितामा भवानी मावि,  ले ६ रजत २ कास्य  निलकट्टि मावि ले २ रजत २ कास्य  सुदूरपश्चिमाञ्चल विद्या सदन ले १ कास्य १ रजत  पाण्डु मावि २ कास्य  बालविकास मावि १ कास्य र  नारायण मा वि ले कुनै पदक प्राप्त गर्न नसकेकाे युवा शिक्षा तथा खेलकुद शाखा प्रमुख निरज प्रसाद रेग्मी ले बताए ।   खेलकुद मार्फत विद्यार्थीको शारीरिक, मानसिक तथा बिध्यार्थिकाे क्षमता बिकास हुने बिश्वास लिएकाे नगरपालिका उप प्रमुख रतन बहादुर सिह ले बताएका छन ।  खेलकुदका विभिन्न विधामा प्रतिस्पर्धा गराइएको थियो।
विजेता विद्यालयलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरेको छ। खेलकुद समितिका अध्यक्ष सुरेन्द्र  बहादुर सिंहले खेलकुदले विद्यार्थीको सर्वाङ्गीण विकासमा महत्वपूर्ण भूमिका खेल्ने भन्दै आगामी वर्षहरूमा अझ व्यवस्थित र व्यापक रूपमा प्रतियोगिता सञ्चालन गरिने बताउदै कार्यक्रम काे समापन गर्नु भएकाे थियाे ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन