विज्ञापन

दुर्गाथली गाउँपालिकाकाे पाँचौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता उद्घाटन

विज्ञापन
Image
विज्ञापन

माया कुमारि ताडि बझाङ — दुर्गाथली गाउँपालिकाको आयोजनामा पाँचौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको आज औपचारिक रूपमा उद्घाटन गरिएको छ। दुर्गाथली गाउँपालिका वडा न ५ जाफ्रि गौरि कृक्रेट खेलमैदान  निर्माण भएकाे खेलमैदान मा राष्टका लागि खेलकुद ,बझाङकाे एकता खेलकुद बिकास   हाम्राे प्रतिबद्दता भन्ने मुल नाराका साथ  रनिङ सिल्ड प्रतियोगिता आजदेखि सञ्चालन भएको हो।
आयोजना गरिएको यस प्रतियोगितामा गाउँपालिका भित्रका विभिन्न माध्यमिक विद्यालयका विद्यार्थी खेलाडीहरूको सहभागिता रहेको छ।
उद्घाटन समारोह दुर्गाथली गाउँपालिका खेलकुद समितिका अध्यक्ष दिनेस  थापाको अध्यक्षतामा सुरु भएको  कार्यक्रमका प्रमुख अतिथि गाउँपालिका अध्यक्ष दिलबहादुर थापा रहनुभएको थियो भने विशिष्ट अतिथिमा गाउँपालिका उपाध्यक्ष जनक दाउल्याल रहनुभएको थियो। साथै, कार्यक्रममा सबै वडाका अध्यक्षहरू, कार्यपालिका सदस्यहरू, विद्यालयका प्रधानाध्यापक, शिक्षक, खेलकुदप्रेमी तथा सम्पूर्ण माध्यमिक विद्यालयका खेलाडी विद्यार्थीहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
उद्घाटन कार्यक्रममा विभिन्न सांस्कृतिक प्रस्तुतिहरू पनि प्रस्तुत गरिँदै भव्य र सभ्य रूपमा कार्यक्रम सम्पन्न गरिएको थियो।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन