विज्ञापन

बझाङमा ग्यास काे अभाव  बुझन प्रशासनले गर्याे बजार अनुगमन

विज्ञापन
Image
विज्ञापन

बझाङ — बझाङमा खाना पकाउने एलपी ग्यासको सहज, पारदर्शी र व्यवस्थित बिक्री–वितरण सुनिश्चित गर्न जिल्ला प्रशासन कार्यालयले ग्यास व्यवसायी तथा उपभोक्तालाई विभिन्न निर्देशन जारी गरेको छ।
जिल्ला प्रशासन कार्यालय बझाङले ग्यासको कृत्रिम अभाव सिर्जना नगरी आवश्यकताअनुसार सहज रूपमा बिक्री–वितरण गर्न व्यवसायीलाई आग्रह गरेको हो। प्रशासनले ग्यास सिलिन्डर आवश्यकताभन्दा बढी खरिद गरी भण्डारण नगर्न तथा आवश्यकताभन्दा बढी सिलिन्डर संकलन गरेका व्यक्तिले ग्यास अभाव भएका छिमेकी तथा अन्य उपभोक्तालाई उपलब्ध गराउन समेत अनुरोध गरेको छ।
प्रशासनले ग्यास सिलिन्डर बिक्री तथा वितरणको दैनिक अभिलेख पारदर्शी रूपमा राखी जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयमा नियमित रूपमा उपलब्ध गराउन व्यवसायीलाई निर्देशन दिएको छ। साथै, ग्यास वितरण गर्दा उपभोक्ताको रोल नम्बर वा पालोका आधारमा मात्र बिक्री–वितरण गर्न र उपभोक्ताले ल्याएको खाली सिलिन्डरको विवरण, नाम, सम्पर्क नम्बर लगायत आवश्यक अभिलेख राख्न भनिएको छ।
यसै बीच, जिल्ला प्रशासन कार्यालयले बजार अनुगमनका क्रममा केही ग्यास व्यवसायी तथा पसलमा ग्यास सिलिन्डरको अवस्था जाँच गरेको छ। सायक प्रमुख  जिल्ला अधिकारी सत्य कुमारी जोशीको संयोजकत्वमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल तथा पत्रकार महासंघ समेतको सहभागितामा गरिएको अनुगमनमा जयपृथ्वी नगरपालिका–१० चैनपुर बजार तथा आसपासका क्षेत्रहरुमा  रहेका व्यवसायी तथा पसलहरूको अनुगमन गरिएको हो।
अनुगमनका क्रममा ए.एन.एस. ट्रेड एण्ड सप्लायर्समा ६ वटा, सत्काकार रेष्टुरेन्ट तथा बारमा ४ वटा र पावर हार्डवेयर एण्ड सप्लायर्समा ४ वटा भरिएका ग्यास सिलिन्डर भेटिएका थिए। त्यस्तै होटेल होलिडेमा ३ वटा भरिएका सिलिन्डर भेटिएको प्रशासनको विवरणमा उल्लेख छ। अन्य केही पसलमा भने ग्यास सिलिन्डर मौज्दात नरहेको पाइएको छ।
प्रशासनले ग्यास लुकाएको, कृत्रिम अभाव सिर्जना गरेको वा आवश्यकता भन्दा बढी ग्यास भण्डारण गरेको जानकारी पाएमा तत्काल जिल्ला प्रशासन कार्यालय वा जिल्ला प्रहरी कार्यालयमा सूचना दिन उपभोक्तालाई आग्रह गरेको छ।
प्रशासनले ग्यास बिक्री–वितरण गर्दा पहुँच र चिनजानका आधारमा नभई उपभोक्ताको आवश्यकताका आधारमा बिक्री गर्नुपर्ने स्पष्ट पारेको छ। कसैले ग्यास सिलिन्डर लुकाएर राखेको, अनावश्यक रूपमा मौज्दात गरेको वा उपभोक्ता हितविपरीत कार्य गरेको पाइएमा कानुनबमोजिम कारबाही गर्नुका साथै लुकाइएका ग्यास सिलिन्डरसमेत जफत गरिने जिल्ला प्रसासनले कार्यालय जनाएकाे छ ।
ग्यासको अभाव देखिएको अवस्थामा उपभोक्ताले आवश्यकताभन्दा बढी ग्यास खरिद तथा भण्डारण नगरी अन्य उपभोक्तालाई समेत सहज रूपमा उपलब्ध हुने वातावरण बनाउन प्रशासनले आग्रह गरेको छ। ग्यास अभाबकाे  बेला लुकाउने पौचका आधारले  बिक्रि बितरण गर्ने कालाेबजारि राेक्न  र सुक्ष्म अनुसन्धान गर्न सादा पाेसाग मा समेत सुरक्षा परिचालित गरि  गलत गर्ने लाई अाबस्यक कारबाहि गर्ने  जनाएकाे छ ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन