धनगढी — मष्टा गाउँपालिका वडा नम्बर ७, ठकुन्नाका ३५ वर्षीय सई योगेन्द्र बोहराको स्कुटी दुर्घटनामा निधन भएको छ।
आइतबार दिउँसो करिब १ बजे अत्तरियाबाट धनगढी जाँदै गर्दा स्कुटी दुर्घटना हुँदा गम्भीर घाइते भएका बोहराको उपचारका लागि धनगढी लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो।
प्रदेश सभा सभामुख भीम भण्डारीको सचिवालयमा कार्यरत बोहरा मिलनसार, इमानदार र सबैका प्रिय व्यक्ति थिए। २०७० सालमा असई पदमा नियुक्त भएका उनी हाल सई पदमा कार्यरत थिए।
उनका ११ वर्षीया छोरी र ६ वर्षीय छोरा रहेका छन्। बोहराको असामयिक निधनले प्रहरी परिवार, समाज र आफन्तमा गहिरो शोक छाएको छ।
प्रतिक्रिया जनाउनुहाेस्























