विज्ञापन

जन्ती बोकेको बस बैतडी मा  दुर्घटना  ८ जनाको मृत्यु, ४५ घाइते उद्धार जारि

विज्ञापन
Image
विज्ञापन

माया कुमारी ताडी – बझाङ जिल्लाको बित्थडचिर गाउँपालिका वडा नं. ७ धामीगाउँ बाट बैतडी जिल्लाको पुर्चौंडी नगरपालिका वडा नं. ७ भौनीतर्फ जन्ती लिएर गएको बस फर्किने क्रममा गम्भीर दुर्घटनामा परेको छ। उक्त दुर्घटनाले स्थानीयबासी स्तब्ध बनेका छन्।
प्राप्त जानकारीअनुसार दुर्घटना ऐ. राति करिब २१:१० बजेको समयमा भएको हो। दुर्घटनापछि १८ जना महिला र २७ जना पुरुष गरी जम्मा ४५ जनालाई उद्धार गरी उपचारका लागि स्वास्थ्य चौकी कोटिलातर्फ पठाइएको छ।
दुर्घटनामा परेर हालसम्म ८ जनाको ज्यान गएको पुष्टि भएको छ। मृतकहरूमा
१) बझाङ जिल्ला बित्थडचिर गाउँपालिका वडा नं. ७ बस्ने वर्ष ४० का केशब राज जोशी,
२) ऐ.ऐ. बस्ने वर्ष १३ का अशोक राज जोशी,
३) ऐ.ऐ. बस्ने वर्ष ३५ का बसन्त जोशी,
४) ऐ.ऐ. बस्ने वर्ष ४१ का विष्णु दत्त जोशी (उपचारको क्रममा),
५) ऐ.ऐ. बस्ने वर्ष ४२ का नरेश राज जोशी (उपचारको क्रममा),
६) केदारस्युँ गाउँपालिका बस्ने वर्ष ६० का मोहन देव भट्ट,
७) जयपृथ्वी नगरपालिका वडा नं. ७ बस्ने वर्ष ४० का बसन्त राज रतला,
८) बैतडी जिल्ला पुर्चौंडी नगरपालिका वडा नं. ७ बस्ने वर्ष ४० की पुष्पा अवस्थी रहेका छन्।
घटनास्थलमा थप खोज तथा उद्धार कार्य जारी रहेको जनाइएको छ। दुर्घटनाको कारणबारे सम्बन्धित निकायले अनुसन्धान सुरु गरेको छ। यस दुःखद घटनाले शोकाकुल परिवार र स्थानीय समुदायमा गहिरो पीडा पुर्‍याएको छ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन