माया कुमारी ताडि – बझाङ -नेपाली कम्युनिष्ट पार्टीका तर्फबाट बझाङ जिल्लाको प्रतिनिधि सभा सदस्यका उम्मेदवार मीन बहादुर कुँवरले गाउँघर भेटघाटलाई तीव्र पारेका छन्। चुनावी अभियान अन्तर्गत कुवरले सुर्मा गाउँपालिकाका सबै वडामा घरदैलो कार्यक्रम सम्पन्न गरेका हुन्।
घरदैलोका क्रममा कुवर सुर्मा गाउँपालिकामा पुगेकै दिन हिमपात भएको थियो। हिमपातका कारण केही समय जनजीवन प्रभावित भए तापनि कुवरले आफ्नो भेटघाट कार्यक्रमलाई निरन्तरता दिएका थिए। चिसो मौसम र प्रतिकूल अवस्थाका बाबजुद पनि कुवरले मतदातासँग प्रत्यक्ष संवाद गर्दै आफ्ना योजना र प्रतिबद्धताहरू राखेका छन्।
युवा उम्मेदवार कुवरलाई सुर्मा गाउँपालिकामा स्थानीय वासीहरूले भव्य स्वागत गरेका थिए। स्थानीयवासीहरूसँगको भेटघाटमा कुवरले विकास, रोजगारी र जनजीवनसँग जोडिएका विषयहरूलाई प्राथमिकतामा राख्ने बताएका छन्।
घरदैलो अभियानलाई अझ प्रभावकारी बनाउँदै जिल्लाका अन्य क्षेत्रमा पनि भेटघाटलाई निरन्तरता दिने उम्मेदवार कुवरको भनाइ रहेकाे छ । अब भने तल्काेट गाउपालिका मा घरदैलाे भेटघाट गर्दै मष्टा गाउपालिका भेटघाट गर्ने बताएका छन ।
विज्ञापन

नेपाली कम्युनिष्ट पार्टि बझाङका उम्मेदवार मीन बहादुर कुवँर घरदैलाे भेटघाट माहाेल उत्साह
विज्ञापन


विज्ञापन

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन

विज्ञापन

विज्ञापन

विज्ञापन

विज्ञापन

विज्ञापन

विज्ञापन

विज्ञापन

विज्ञापन

नयाँ प्रकाशित
विज्ञापन

विज्ञापन

विज्ञापन

विज्ञापन











