विज्ञापन

नेपाली कम्युनिष्ट पार्टी बझाङबाट   समानुपातिक सूचीमा निषा ठकुन्ना परिवार  समावेश 

विज्ञापन
Image
विज्ञापन

माया कुमारी ताडि – बझाङ — नेपाली कम्युनिस्ट पार्टीले बझाङ जिल्लाबाट निशा ठकुन्ना परिवार  प्रतिनिधि सभा समानुपातिक उम्मेदवारको सूचीमा समावेश भएकि छन।  पिछडिएको क्षेत्र बझाङबाट उनको नाम समेटिनु समावेशी प्रतिनिधित्वको दृष्टिले महत्वपूर्ण मानिएको छ।
निशा ठकुन्ना परिवार २०५२ सालमा सुरु भएको सशस्त्र जनयुद्धमा  १६ बर्षकाे  किशोरावस्थामै सहभागी भई जनमुक्ति सेनाको विभिन्न तहमा  कमान्डर भई  सक्रिय रहेकी थिइन्। देश र जनताको हकहितका लागि त्याग, तपस्या र बलिदानको अग्रपङ्क्तिमा उभिएर लड्ने महिलामध्ये उनी एक अग्रणी व्यक्तित्वको रूपमा चिनिन्छिन्।
सानै उमेरदेखि सामाजिक अन्याय, विभेद र उत्पीडनका विरुद्ध संघर्ष गर्दै आएकी ठकुन्ना परिवारले समाज रूपान्तरणका लागि जीवनको १६ वर्षको उमेर देखि नै राजनीतिक यात्राको थालनी गरेकी हुन्। जनयुद्ध पछि पनि उनी निरन्तर पार्टी संगठन निर्माण र जनसेवामा सक्रिय रहँदै आएकी छन्।साबिक माओवादि केन्द्र  काे  सुदुरपश्चिम प्रदेश सदस्य तथा बझाङ अनेमसघ क्रान्तिकारी जिल्ला अध्यक्ष  हुन । सुर्मा गाउपालिका वडा न ३ का बासिन्दा ठकुन्ना परिवार  नेपाली कम्युनिस्ट पार्टीको बझाङ जिल्लाकी नेतृका रूपमा क्रियाशील छिन्। महिला भए तापनि उनी साहसी, निडर र प्रतिबद्ध नेतृका रूपमा परिचित रहँदै आएकी छन्। उनको राजनीतिक योगदान, संघर्षशील इतिहास र सामाजिक प्रतिबद्धताका कारण समानुपातिक सूचीमा समावेश हुनु पार्टीभित्र सकारात्मक रूपमा हेरिएको छ।
दुरदराज का दलित बस्तिहरुबाट  ठकुन्ना परिवारकाे देश भरिबाट  ११० जना मा समानुपातिक बन्द सुचिमा  समावेशले दुर्गम क्षेत्रका महिला र संघर्षशील वर्गको आवाज संसद सम्म पुग्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन