विज्ञापन

नेपाली कम्युनिष्ट पार्टिकाे उम्मेदवार कुवँरले गरे घरदैलाे अभियान

विज्ञापन
Image
विज्ञापन

माया कुमारी  ताडि -बझाङ – नेपाली कम्युनिष्ट पार्टीका तर्फबाट बझाङ जिल्ला प्रतिनिधि सभाका उम्मेदवार मीन बहादुर कुवरले आफ्नो चुनावी घरदैलो कार्यक्रम तीव्र पारेका छन्। जिल्ला भर घरदैलो अभियान सञ्चालन गर्दै कुवर मतदातासँग प्रत्यक्ष भेटघाटमा जुटिरहेका छन्।
नेपाली कम्युनिष्ट पार्टी बझाङ जिल्ला कमिटीको बैठकले विभिन्न चुनावी समिति गठन गर्दै जिम्मेवारी बाँडफाँट गरेको छ। बैठकले समग्र चुनावी रणनीति तय गर्दै जिल्ला भर चुनावी माहोल सिर्जना गर्न सक्रिय रूपमा काम गरिरहेको पार्टीले जनाएको छ।
घरदैलो कार्यक्रमका क्रममा जनता बाट उत्साहजनक प्रतिक्रिया प्राप्त भइरहेको नेपाली कम्युनिष्ट पार्टी प्रचार विभागका एक सदस्यले बताए। उनका अनुसार स्थानीय तहमा पार्टीप्रति जनआकर्षण बढ्दो क्रममा देखिएको छ।
यसैबीच, नेपाल कम्युनिष्ट पार्टी (एमाले) भित्र टिकट वितरणलाई लिएर देखिएको असन्तुष्टि र नेपाली कांग्रेसले चुनावको मुखमा आयोजना गरेको विशेष महाधिवेशनका कारण दुबै पार्टीका नेता, कार्यकर्ता तथा समर्थकहरूमा निराशा छाएको देखिन्छ। यस्तो परिस्थितिमा जेन–जी आन्दोलनपछि आएको राजनीतिक फेरबदल र नेपाली कम्युनिष्ट पार्टीको एकताले भने नेकपाका नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूमा नयाँ उत्साह थपिएको छ।
स्थानीय राजनीतिक विश्लेषकहरूका अनुसार वर्तमान चुनावी माहोल हेर्दा मीनबहादुर कुवरको पक्षमा जनसमर्थन बढ्दै गएको संकेत देखिन्छ, जसले आगामी निर्वाचनमा उनको पल्लाभारी हुने सम्भावना प्रबल बनाएको छ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन