विज्ञापन

नेपाली कम्युनिष्ट पार्टीद्वारा सुदूरपश्चिम प्रदेशका १६ निर्वाचन क्षेत्रमा उम्मेदवार टुंगो

विज्ञापन
विज्ञापन

माया कुमारी  ताडि – नेपाली कम्युनिष्ट पार्टीले सुदूरपश्चिम प्रदेशका १६ वटै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा उम्मेदवार टुंगो लगाएको छ। पार्टीले यसपटक अधिकांश स्थानमा नयाँ र अपेक्षाकृत  अनुहारहरू लाई अघि सारेको छ।
कैलाली जिल्लाका पाँच वटै निर्वाचन क्षेत्रमा उम्मेदवार चयन गरिएको छ। कैलाली क्षेत्र नम्बर १ बाट रामलाल थारु (डगौरा), क्षेत्र नम्बर २ बाट राजेन्द्र साउँद, क्षेत्र नम्बर ३ बाट वीरभान चौधरी, क्षेत्र नम्बर ४ बाट हरि चौधरी उम्मेदवार बनेका छन्। कैलाली क्षेत्र नम्बर ५ बाट प्रेम आले सुटुक्क उम्मेदवारका रूपमा देखिएका  छन ।
कञ्चनपुर जिल्लामा क्षेत्र नम्बर १ बाट बिना मगर, क्षेत्र नम्बर २ बाट लालबहादुर खड्का र क्षेत्र नम्बर ३ बाट मान बहादुर सुनार उम्मेदवार चयन भएका छन्।
अछाम जिल्लामा क्षेत्र नम्बर १ बाट भीम बहादुर रावल र क्षेत्र नम्बर २ बाट सरदसिंह भण्डारी उम्मेदवार बनेका छन्। डोटी जिल्ला बाट त्रिलोचन भट्ट उम्मेदवार चयन भएका छन् भने बझाङबाट मीनबहादुर कुँवर चुनावी मैदानमा उत्रिने भएका छन्।
यसै गरी डडेलधुरा जिल्लाबाट मानसिंह माल, बैतडीबाट परमानन्द भट्ट, दार्चुलाबाट लक्ष्मणदत्त जोशी र बाजुराबाट प्रकाश बहादुर शाह उम्मेदवार चयन भएका छन्।
पार्टीले सुदूरपश्चिममा संगठन विस्तार र जनसमर्थन बढाउने उद्देश्यले नयाँ अनुहारहरू लाई प्राथमिकता दिएको जनाएको छ। उम्मेदवार छनोट सँगै पार्टीले निर्वाचन केन्द्रित गतिविधि तीव्र बनाउने तयारी गरेको छ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन