विज्ञापन

झापा क्षेत्र न. ५ बाट नेकपाका केन्द्रीय सदस्य रञ्जित तामाङ उम्मेदवार,

विज्ञापन
Image
विज्ञापन

माया कुमारि ताडि-  झापा क्षेत्र नम्बर ५ मा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का तर्फबाट केन्द्रीय सदस्य, युवा तथा प्रखर वक्ता रञ्जित तामाङ उम्मेदवार बन्ने पक्का भएको छन।
नेकपाका केन्द्रीय अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले झापा–५ का लागि तामाङलाई औपचारिक रूपमा उम्मेदवारी दर्ता पत्र प्रदान गर्दै विजयको शुभकामना दिनुभएको छ।
रञ्जित तामाङ पूर्व माओवादी केन्द्र पार्टी भित्र निर्वाचन प्रणालि मार्फत पार्टी तथा भ्रातृ संगठन काे  नेतृत्व छनौट मध्ये अखिल (क्रान्तिकारी) को केन्द्रीय अध्यक्षमा निर्बाचन प्राणालि मार्फत निर्वाचित हुने पहिलो व्यक्ति समेत हुन्। जनयुद्धकालदेखि नै विभिन्न मोर्चामा सक्रिय भूमिका निर्वाह गर्दै आएका तामाङ झापा जिल्लाका एक उर्जाशील, संघर्षशील र चर्चित युवा नेताका रूपमा चिनिन्छन्। उनी झापाका पछिल्ला पुस्ताको आशाका रूपमा समेत हेरिँदै आएका छन्।
झापा क्षेत्र न. ५ नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली को परम्परागत निर्वाचन क्षेत्रका रूपमा चिनिँदै आएको क्षेत्र पनि हाे । अघिल्ला निर्बाचनहरुमा राप्रपा संग नेकपा एमाले ले चुनाबि  कठबन्धन  गर्दै अाईरहेकाे थियाे  यसपटक उक्त क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता बालेन्द्र साह पनि उम्मेदवार बन्न सक्ने चर्चा चलिरहेको छ। यस्तो अवस्थामा रञ्जित तामाङको उम्मेदवारी घोषणा पछि झापा क्षेत्र न . ५ को राजनीतिक वातावरण थप रोचक र चर्चित बनेको छ। तामाङ काे झापा बाट संसद प्रबेस सुनिश्चित हुने मा ढुक्क रहेकाे स्थानिय बासिन्दाहरुले बताएका छन ।   राजनीतिक विश्लेषकहरूले झापा५ मा ससक्त युवाहरुकाे उम्मेदवारी हुने भएपछि  यसपटक केपी शर्मा ओली निर्वाचन क्षेत्र परिवर्तन गर्न सक्ने सम्भावना समेत आँकलन गरिरहेका छन्।
झापा जिल्लाले पटक पटक देशलाई प्रधानमन्त्रीसहित अनुभवी नेताहरू दिएको भए पनि बिकसित हुनै पर्ने अझै  सम्म सुविधा सम्पन्न अस्पताल, गुणस्तरीय शिक्षा, स्वास्थ्य सेवा र रोजगारी र किसानहरुका लागि कृर्षि क्षेत्रमा   पर्याप्त अवसर पाउन नसकेको स्थानीयहरूको गुनासो छ।
स्थानीय बासिन्दाहरूले यसपटक मत परिवर्तन गरेर पुराना नेताभन्दा युवा र परिवर्तनका पक्षधर नेतालाई जिताउने अठोट व्यक्त गरेका छन्। यही पृष्ठभूमिमा रञ्जित तामाङलाई झापामा एक अब्बल, सम्भावनाशील र परिवर्तनको नेतृत्व गर्न सक्ने नेता का रूपमा हेरिएको छ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन