माया कुमारी ताडि बझाङ – मष्टा गाउँपालिकाको छैटौँ राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता आजदेखि मष्टा गाउँपालिका वडा नं. १ स्थित सरस्वती विद्या मन्दिर, रनाडामा सुरु भएको छ।
मष्टा खेलकुद विकास समितिका अध्यक्ष पुष्कर रोकायाको अध्यक्षतामा उद्घाटन कार्यक्रममा मष्टा गाउँपालिका अध्यक्ष ज्ञानबहादुर बोहरा प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा विशिष्ट अतिथिका रूपमा वडा नं. १ का वडा अध्यक्ष रामचन्द्र रोकाया, वडा नं. २ का अध्यक्ष प्रकाश खड्का, वडा नं. ६ का वडा अध्यक्ष शिवराज बोहरा तथा वडा नं. ५ का वडा अध्यक्ष सुधन कठायत सहभागी हुनुहुन्थ्यो।
उद्घाटन समारोहमा मष्टा गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी, सहभागी विद्यालयका प्रधानाध्यापकहरू तथा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
कार्यक्रममा शुभकामना मन्तव्य वडा नं. १ का वडा अध्यक्ष रामचन्द्र रोकाया, वडा नं. ६ का वडा अध्यक्ष शिवराज बोहरा तथा गाउँपालिका अध्यक्ष ज्ञानबहादुर बोहराले राख्नुभएको थियो। स्वागत मन्तव्य आयोजक विद्यालयका शिक्षक बलराम रोकायाले प्रस्तुत गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन सरस्वती माध्यमिक विद्यालयका शिक्षक ललितबहादुर सिंहले गर्नुभएको थियो।
उद्घाटन कार्यक्रम अन्तर्गत विद्यार्थीहरूले आकर्षक मार्चपास प्रदर्शन गरेका थिए भने पतञ्जली योग समिति मार्फत योग अभ्याससमेत गरिएको थियो। प्रतियोगिताले विद्यार्थीहरूमा खेलकुदप्रतिको रुचि बढाउने तथा प्रतिभा पहिचानमा सहयोग पुग्ने विश्वास आयोजकले व्यक्त गरेका छन्।
विज्ञापन

मष्टा गाउँपालिकाको छैटौँ राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता सुरु
विज्ञापन


विज्ञापन

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन

विज्ञापन

विज्ञापन

विज्ञापन

विज्ञापन

विज्ञापन

विज्ञापन

विज्ञापन

विज्ञापन

नयाँ प्रकाशित
विज्ञापन

विज्ञापन

विज्ञापन

विज्ञापन











