विज्ञापन

अस्थायी निर्वाचन प्रहरी भर्ना खुल्याे

विज्ञापन
Image
विज्ञापन

माया कुमारी  ताडि ,बझाङ – नेपाल सरकारले फागुन २१ गते हुने प्रतिनिधिसभा  निर्वाचन सुरक्षालाई लक्षित गर्दै पुस २५ गते देखि माघ १ गते सम्म एक लाख तेत्तीस हजार नौ सय असी अस्थायी निर्वाचन प्रहरी भर्ना खुला गरेको छ। गृह मन्त्रालय अन्तर्गत नेपाल प्रहरी प्रधान कार्यालय, मानवस्रोत विकास विभाग (भर्ना छनोट शाखा) ले सूचना जारी गर्दै प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि अस्थायी प्रहरी दरखास्त आह्वान गरेको हो।
सूचनाअनुसार देशभरका विभिन्न जिल्ला प्रहरी कार्यालय मार्फत अस्थायी प्रहरी भर्ना गरिनेछ। भर्नाका लागि नेपाली नागरिक हुनुपर्ने, सामान्य लेखपढ गर्न जान्ने, शारीरिक तथा मानसिक रूपमा स्वस्थ हुनुपर्ने लगायतका न्यूनतम योग्यता तोकिएको छ। उमेर हद १८ वर्ष पूरा भई ५४ वर्ष ननाघेको हुनुपर्ने बताएका  छ।
दरखास्त दिने प्रक्रिया सम्बन्धित जिल्ला प्रहरी कार्यालय मार्फत हुनेछ। आवेदन दर्ता, छनोट परीक्षा तथा तालिमको मिति र स्थान सम्बन्धित कार्यालयले तोक्ने जनाइएको छ। छनोट प्रक्रियामा शारीरिक परीक्षण, दौड, लिखित तथा अन्तर्वार्ता समावेश रहनेछ।
अस्थायी प्रहरीलाई निर्वाचन अवधिभर सुरक्षामा खटाइनेछ। सेवा अवधिमा तलब, भत्ता तथा अन्य सुविधा प्रचलित नियमअनुसार उपलब्ध गराइने नेपाल प्रहरी प्रधान कार्यालयले जनाएको छ। निर्वाचन सम्पन्न भएपछि अस्थायी प्रहरीको सेवा स्वतः समाप्त हुने व्यवस्था गरिएको छ।
नेपाल प्रहरीले निष्पक्ष, शान्तिपूर्ण र सुरक्षित निर्वाचन सुनिश्चित गर्न अस्थायी प्रहरीको भूमिका महत्वपूर्ण हुने भन्दै योग्य नेपाली नागरिकहरूलाई आवेदन दिन आग्रह गरेको छ। विस्तृत जानकारीका लागि सम्बन्धित जिल्ला प्रहरी कार्यालय वा नेपाल प्रहरी प्रधान कार्यालय बाट  जानकारी  लिन सक्ने   बताएकाे  छ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन