माया कुमारी ताडि
बझाङ – साहारा नेपाल बझाङको आयोजनामा स्थानीय सरकारका जनप्रतिनिधि, महिला, कृषक तथा सरोकारवालाबीच अन्तरक्रिया तथा समीक्षा कार्यक्रम मष्टा गाउँपालिकाको सभाहलमा सम्पन्न भएको छ।
कार्यक्रम मष्टा गाउँपालिकाका अध्यक्ष ज्ञानबहादुर बोहोराको अध्यक्षतामा सुरु भएको थियो। कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष हर्क धामी, वडा नं. १ का वडा अध्यक्ष रामचन्द्र रोकाया, वडा नं. ६ का वडा अध्यक्ष शिवराज बोहरा, निमित्त प्रमुख प्रशासकीय अधिकृत रमेश खड्का, नेपाल पत्रकार महासंघ बझाङका जिल्ला उपाध्यक्ष रूपक खड्का लगायत कृषकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
साहारा नेपाल बझाङका परियोजना संयोजक उमेशराज जोशीले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रमको उद्देश्य र गतिविधिबारे फिल्ड संयोजक दिनेश रोकायाले गर्नु भएकाे थियाे भने कार्यक्रमकाे संचालन सुनिता धमेना थापाले गरेका थिय ।
साहारा नेपाल बझाङद्वारा मष्टा गाउँपालिका वडा नं. ३, ४, ५, ६ र ७ मा कार्यक्रम लागू गरिएको जानकारी दिइएको छ। हालसम्म १५ वटा कृषक समूह गठन भई ३१३ जना कृषकहरू समूहमा आबद्ध भइसकेका छन्।
कार्यक्रममा सहभागीहरूले कृषक सशक्तीकरण, महिला सहभागिता, स्थानीय सरकार र सरोकारवालाबीच समन्वय तथा परियोजनाको प्रभावकारिताबारे आ–आफ्ना धारणा राखेका थिए।
विज्ञापन

साहारा नेपाल बझाङद्वारा मष्टा गाउँपालिकामा अन्तरक्रिया तथा समीक्षा कार्यक्रम सम्पन्न
विज्ञापन


विज्ञापन

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन

विज्ञापन

विज्ञापन

विज्ञापन

विज्ञापन

विज्ञापन

विज्ञापन

विज्ञापन

विज्ञापन

नयाँ प्रकाशित
विज्ञापन

विज्ञापन

विज्ञापन

विज्ञापन











