पर्वीसा बिरगञ्ज- जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगरपालिका क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ। प्रमुख जिल्ला अधिकारीद्वारा जारी आदेशअनुसार आज मिति २०८२/९/२१ गते साँझ ६:०० बजेदेखि भोलि मिति २०८२/९/२२ गते बिहान ६:०० बजेसम्म कर्फ्यु लागू हुनेछ।
स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम जारी कर्फ्यु वीरगञ्ज महानगरपालिकाको मुख्य क्षेत्रलाई समेट्दै चार किल्लाभित्र लागू गरिएको हो। कर्फ्युको सीमाना अनुसार पूर्वमा बाइपास रोड, पश्चिममा सिक्सिया पुल, उत्तरमा पावर हाउस चोक र दक्षिणमा शंकराचार्य गेट सम्मको क्षेत्रमा कर्फ्यु रहनेछ।
कर्फ्यु अवधिमा सो क्षेत्रभित्र कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा–बैठक तथा हिँडडुल गर्न नपाइने प्रशासनले जनाएको छ। अत्यावश्यक सेवाबाहेक अन्य सबै प्रकारका आवत–जावतमा रोक लगाइएको छ।
प्रशासनले सुरक्षाको अवस्था संवेदनशील भएकाले नागरिकलाई घरभित्रै बस्न आग्रह गरेको छ। अत्यावश्यक अवस्थामा नजिकको सुरक्षा निकायसँग समन्वय गर्न वा १०० नम्बर मा सम्पर्क गर्न सकिने बताइएको छ। स्वास्थ्य, एम्बुलेन्स, दमकल, शव वहान, सञ्चार, मानवीय तथा कूटनीतिक नियोगका सवारी साधनहरू भने कर्फ्यु आदेशबाट मुक्त रहनेछन्।
जिल्ला प्रशासन कार्यालयले शान्ति, सुरक्षा र सार्वजनिक सुव्यवस्था कायम राख्न कर्फ्यु आदेश आवश्यक परेको स्पष्ट पारेको छ।
विज्ञापन

पर्सा जिल्ला बिरगञ्ज महानगरमा कर्फ्यु आदेश जारी
विज्ञापन


विज्ञापन

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन

विज्ञापन

विज्ञापन

विज्ञापन

विज्ञापन

विज्ञापन

विज्ञापन

विज्ञापन

विज्ञापन

नयाँ प्रकाशित
विज्ञापन

विज्ञापन

विज्ञापन

विज्ञापन











