बझाङ आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा एमाले बझाङले पनि उम्मेदवार सिफारिस गरेको छ। थलारा गाउँपालिकामा बसेको पार्टीको छैटौँ जिल्ला कमिटी बैठकले प्रतिनिधिसभा निर्वाचनका लागि ऐन महर, मोहनराज जोशी र महिला तर्फ धनलक्ष्मी खत्रीलाई सर्बसम्बत रूपमा सिफारिस गरेको जनाएकाे छ।
बैठकले कार्यक्रम र जनसम्पर्कलाई प्राथमिकतामा राख्दै निर्वाचन तयारीमा जुट्न निर्देशनपनि दिइएको छ।यसअघि २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा पनि एमालेका तर्फबाट ऐन महर उम्मेदवार बनेका थिए। उक्त निर्वाचनमा गठबन्धनका तर्फबाट तत्कालीन नेकपा एकीकृत समाजवादीका नेता भानुभक्त जोशीले २८,१४३ मत प्राप्त गर्दै विजय हासिल गरेका थिए भने महरले २७,१४५ मत प्राप्त गरी पराजय भोगेका थिए।
बझाङ जिल्ला बाट यस अघि नै नेपाली काग्रेस र नेपाली कम्युनिष्ट पार्टी ले प्रतिनिधि सभाका लागि उम्मेदवार सिफारिस गरिसकेका छन । चुनाबि वातावरण मा अलमल गरिरहेकाे नेकपा एमाले ले पनि अाज उम्मेदवार सिफारिस गरेका छन बझाङ जिल्ला मा तिनै दलकाे कडा प्रतिस्पर्धा हुने अाकलन गरेका छ। बझाङ मा १२ स्थानिय तह र २ प्रदेशसभा सिट रहेका छन ।



























