माया कुमारी ताडि
बझाङ – जयपृथ्वी नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा नगरपालिकाभित्र रहेका माध्यमिक विद्यालयस्तरका विद्यार्थीहरू बीच बक्तित्वकला प्रतियाेगिता तथा निबन्ध लेखन प्रतियोगिता सम्पन्न भएको छ।
नगरपालिका माध्यमिक विद्यालयस्तरीय कक्षा ११ र १२ का विद्यार्थीहरूबीच वक्तृत्वकला प्रतियोगिता आयोजना गरिएको थियो भने कक्षा ९ र १० का विद्यार्थीहरूबीच अन्तरविद्यालय निबन्ध लेखन प्रतियोगिता सञ्चालन गरिएको शिक्षा, युवा तथा खेलकुद शाखाको प्रमुख निरज प्रसाद रेग्मिले जानकारि दिए । जयपृथ्वी नगरस्तरीय अन्तर मावि वक्तित्वकला प्रतियोगितामा सुनिपिपलचौर माध्यमिक विद्यालय प्रथम, सत्यवादी माध्यमिक विद्यालय द्वितीय तथा जालपा माध्यमिक विद्यालय तृतीय स्थान हासिल गर्न सफल भएका छन्।
त्यसैगरी निबन्ध लेखन प्रतियोगितातर्फ सुदूरपश्चिम विद्यासधन प्रथम, बालविकास माध्यमिक विद्यालय द्वितीय र जालपा माध्यमिक विद्यालय तृतीय भएका छन्।
यस्ता प्रतियोगिताले विद्यार्थीहरूको सिर्जनात्मक क्षमता, अभिव्यक्ति कला तथा बौद्धिक विकासमा टेवा पुग्ने बिश्वास लिएकाे उप मेयर रतन बहादुर सिहले बताए । प्रतियोगितामा जयपृथ्वी नगरपालिकाभित्र रहेका ८ वटा सामुदायिक माध्यमिक विद्यालय र १ वटा संस्थागत विद्यालय गरी जम्मा ९ विद्यालयको सहभागिता रहेको सामाजिक बिकास समिति संयाेजक शिबराज जाेशिले जानकारि दिएका छन ।



























