सिन्धुली ।
२०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा गठबन्धनबाट विजयी भई संसद प्रवेश गरेका प्रखर वक्ता, तथ्यपरक, निडर र स्पष्ट शैलीमा विचार राख्ने नेता राजन दहाल आगामी निर्वाचनका लागि पुनः उम्मेदवारका रूपमा सिफारिस भएका छन्।
नेपाली कम्युनिष्ट पार्टी सिन्धुली क्षेत्र नम्बर २ को बैठकले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि राजन दहाललाई सर्वसम्मत रूपमा उम्मेदवार सिफारिस गर्ने निर्णय गरेको हो।
राजन दहालले २०७९सालको प्रतिनिधि सभा निर्वाचनमा सिन्धुली–२ निर्वाचन क्षेत्रबाट २७,५१७ मत प्राप्त गरी विजयी भएका थिए। संसदमा रहँदा उनले राष्ट्रिय मुद्दा, जनजीविका, सुशासन र सामाजिक न्यायका विषयमा तथ्यमा आधारित, निर्भीक र स्पष्ट धारणा प्रस्तुत गर्दै आफूलाई एक सशक्त सांसदको रूपमा स्थापित गरेका थिए।
पार्टी नेतृत्वले दहालको सक्रिय भूमिका, जनसम्पर्क र संसदमा देखाएको प्रभावकारी प्रस्तुतिलाई ध्यानमा राख्दै पुनः उम्मेदवारका रूपमा सिफारिस गरिएको जनाएको छ। स्थानीय कार्यकर्ता र समर्थकहरूले पनि उनको उम्मेदवारीलाई सकारात्मक रूपमा लिँदै आगामी निर्वाचनमा पुनः विजयी हुने विश्वास व्यक्त गरेका छन्।
विज्ञापन

प्रतिनिधि सभा निर्वाचन: सिन्धुली–२ बाट राजन दहाल सर्वसम्मत सिफारिस
विज्ञापन


विज्ञापन

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन

विज्ञापन

विज्ञापन

विज्ञापन

विज्ञापन

विज्ञापन

विज्ञापन

विज्ञापन

विज्ञापन

नयाँ प्रकाशित
विज्ञापन

विज्ञापन

विज्ञापन

विज्ञापन








