मष्टा गाउँपालिका वडा नं. १ अन्तर्गत संघीयताको मर्म भावना अनुसार नागरिकको नजिकै बाट सेवा प्रवाह गर्ने उद्देश्यले डुग्री सहिद गेट नजिक रहेको स्वास्थ्य क्लिनिक घरबाट वडाका सम्पूर्ण सेवाहरू अाज बाट सुरु गरिएको छ।
वडा कार्यालय कोटदेवलबाट सेवा लिन साबिक कोटदेवल गाविस वडा नं. ७, ८ र ९ का नागरिकलाई डेड दुई घण्डा हिडेर वडा कार्यालयबाट सेवा लिनु पर्ने कठिनाइ भएको जनगुनासोका आधारमा, मष्टा गाउँपालिका वडा नं. १ को वडा समितिको मिति २०८२ मंसिर २१ गतेको बैठकले निर्णय गरी डुग्रीबाट सेवा सञ्चालन गरिएको हो। उक्त निर्णयअनुसार हप्ताको आइतबार र बुधबार दुई दिन डुग्रीस्थित स्वास्थ्य क्लिनिक घरबाट वडाका सबै सेवाहरू प्रदान गरिनेछ।
वडा अध्यक्ष रामचन्द्र रोकायाका अनुसार साबिक कोटदेवल गाविस वडा नं. १, २, ३, ४, ५ र ६ का नागरिकका लागि हप्ताको सोमबार, मंगलबार, बिहिबार र शुक्रबार चार दिन नियमित रूपमा वडा कार्यालय कोटदेवलबाट सेवा प्रवाह गरिनेछ। त्यस्तै, साबिक कोटदेवल गाविस वडा नं. ७, ८ र ९ अन्तर्गत लेकी, जिन्नाडा र समदेउ–डुग्री क्षेत्रका नागरिकले हप्ताको दुई दिन डुग्रीबाट वडा कार्यालयबाट प्रदान गरिने सबै सेवा प्राप्त गर्ने व्यवस्था गरिएको छ।
जनताको पहुँचमा स्वास्थ्य सेवा पुर्याउने उद्देश्यले कोटदेवल स्वास्थ्य चौकीबाट प्रदान हुँदै आएको सेवा साबिक कोटदेवल गाविस वडा नं. ७, ८ र ९ का लागि जिन्नाडा स्वास्थ्य इकाई स्थापना गरी सञ्चालन गरिएको वडा सदस्य कलक थापाले जानकारी दिए। उनका अनुसार साबिक कोटदेवल गाविस वडा नं. १, २, ३ तथा रनाडा क्षेत्रमा पनि स्वास्थ्य इकाई स्थापना गर्ने निर्णय गाउँ परिषद्बाट भइसकेको छ र छिट्टै सेवा सुरु गरिनेछ।
वडा सचिव रतन बहादुर महतका अनुसार आज पहिलो दिनमै डुग्रीबाट १३ जना सेवाग्राहीले जन्मदर्ता, नाता प्रमाणित, विदेश जाने सिफारिस तथा विभिन्न कार्यालयका सिफारिस सेवा लिएका छन्।
हप्तामा दुई दिन डुग्री र चार दिन वडा कार्यालयबाट सेवा प्रवाह गर्ने यस निर्णयले दुर्गम क्षेत्रका नागरिकलाई डेड दुई घण्टा हिेडेर लिने सेवा नजिक बाट पाउने भएका छन। याे सेवाले तल्लाे बस्तिका लागि निकै खुसि छाएकाे छ ।यस्ता कदमले जनतामा भएकाे निरासा लाई अासामा रुपान्तरण गरेकाे स्थानियले बताएका छनद उपलब
विज्ञापन

मष्टा गाउपालिका वडा न . १ डुग्रि मा हप्तामा दुई दिन वडा सेवा प्रवाह सुरु
विज्ञापन


विज्ञापन

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन

विज्ञापन

विज्ञापन

विज्ञापन

विज्ञापन

विज्ञापन

विज्ञापन

विज्ञापन

नयाँ प्रकाशित
विज्ञापन

विज्ञापन

विज्ञापन

विज्ञापन








