विज्ञापन

पूर्व वडा अध्यक्ष प्रेम धामीको निधन, आज सम्मान साथ अन्त्येष्टि

विज्ञापन
Image
विज्ञापन

बझाङ – केदारस्यु गाउँपालिका वडा नं. ७ का  नि वर्तमान वडा अध्यक्ष२०८२ साल जेठ १३ गते राति १०:३० बजे दीर्घरोगका कारण निधन भएको छ। उहाँ नेकपा (माओवादी केन्द्र) प्रदेश कमिटी सदस्य समेत हुनुहुन्थ्यो।

२०२२ साल असोज १२ गते बुबा काले धामी र आमा गौरी धामीको कोखबाट जन्मनुभएका धामी सानै उमेरदेखि राजनीतिक सक्रियतामा होमिनुभएको थियो। २०४७ सालमा उहाँ कम्युनिष्ट पार्टीमा आबद्ध भई देश, जनता र श्रमिक वर्गको हितका लागि संघर्षमा लाग्नुभयो।

२०५२ सालमा सुरु भएको माओवादी नेतृत्वको सशस्त्र जनयुद्धमा उहाँ २०५९ सालमा औपचारिक रूपमा सहभागी भई अग्रपङ्क्तिमा रहेर लड्नुभएको थियो। युद्धको कठिन परिस्थितिमा समेत उहाँले नेतृत्वदायी भूमिका निर्वाह गर्दै जनताको हक–अधिकारका लागि समर्पित रूपमा क्रियाशील रहनुभएको थियो।

उहाँको आज बुगल नगरपालिकाको काल्गा नदी किनारमा अन्त्येष्टि सम्पन्न गरिएको छ। अन्त्येष्टिमा नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य शंकर खड्का, बझाङ जिल्ला इन्चार्ज मीन ब. कुँवर, प्रदेश कमिटी सचिव जनक बुढा, जिल्ला संयोजक रतन ब. सिंह, प्रदेश सदस्य अम्मराज भण्डारी, छबिसपाथीभेरा अध्यक्ष लाल ब. थापा, मष्टा गाउँपालिका समिति अध्यक्ष रामचन्द्र रोकाया लगायत जिल्लाभरिका नेता, कार्यकर्ता तथा सयौं स्थानीयको उल्लेखनीय उपस्थिति रहेको थियो।

चार दिदीभाइमध्येका माइलो प्रेम धामीका दुई छोरा र तीन छोरी छन्। उहाँको सरल जीवनशैली, त्याग र राजनीतिक प्रतिबद्धता आज पनि उदाहरणीय मानिन्छ। उहाँको निधनले बझाङ जिल्लाको राजनीतिक क्षेत्र र समाजसेवामा अपूरणीय क्षति पुगेको सहभागीहरूद्वारा जनाइएको छ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन