- कैलाली, सुदूरपश्चिम — नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को भातृ संगठन योङ कम्युनिष्ट लिग (वाईसीएल) नेपाल सुदूरपश्चिम प्रदेशको पहिलो सम्मेलन भव्य रूपमा उद्घाटन गरिएको छ।
सुदूरपश्चिम प्रदेश अध्यक्ष नरबहादुर बिष्टको अध्यक्षतामा सुरु भएको कार्यक्रमको उद्घाटन नेकपा माओवादी केन्द्रका उपमहासचिव गिरिराजमणि पोखरेलले गर्नु भएको हो।
उक्त कार्यक्रममा स्थायी कमिटी सदस्य खगराज भट्ट, वाईसीएलका फ्याक्सन इञ्चार्ज रामप्रसाद दीपसिका, वाईसीएलका केन्द्रीय अध्यक्ष सोबोध सेर्पाली, नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा सुदूरपश्चिम पार्टी कमिटी सचिव जनक बुढालगायत केन्द्रीयस्तरका नेता तथा वाईसीएलका अन्य केन्द्रीय नेताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
सम्मेलनमा प्रदेशभरिबाट ३८२ जना प्रतिनिधिहरू सहभागी भएका छन्।
सम्मेलनमा अध्यक्ष पदका लागि पाँच जना दाबेदार छन् — रघुवीर धामी ‘तुफान’, बसन्त कार्की, सुरेन्द्र बिक, भुवन कुँवर र जयन्त दाहाल।
सम्मेलनको क्रममा वाईसीएलको संगठनात्मक अवस्था, आगामी कार्यदिशा, युवाहरूको भूमिकाबारे छलफल हुनुका साथै प्रदेशस्तरीय नेतृत्व चयन गरिनेछ।



























