बझाङदीप क्याम्पसमा नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) आबद्ध विद्यार्थी संगठनको गठबन्धन विजयी
बझाङ— बझाङदीप क्याम्पसमा सम्पन्न स्ववियु निर्वाचनमा नेकपा (माओवादी केन्द्र) निकट अखिल क्रान्तिकारी र नेकपा (एकीकृत समाजवादी) निकट अनेरास्ववियूको गठबन्धनले विजयी हासिल गरेको छ।
स्ववियु अध्यक्ष पदमा अनेरास्ववियू (समाजवादी) का सुरेश जोशी १२५ मत प्राप्त गर्दै विजयी भएका छन्। उनका प्रतिस्पर्धी नेकपा (एमाले) निकट अनेरास्ववियू र नेपाली कांग्रेस निकट नेविसंघको संयुक्त प्यानलबाट उम्मेदवार बनेका रोशन भण्डारी १०९ मतमा सीमित हुँदै पराजित भए।
अन्य पदहरूमा पनि गठबन्धनका उम्मेदवार विजयी
सचिव: समाजवादी निकट विपिन रोकाया १३४ मत प्राप्त गरी विजयी, एमाले-नेविसंघ गठबन्धनका धनबहादुर धामी १०९ मतमा रोकिए।
कोषाध्यक्ष: अखिल क्रान्तिकारीकी रबिना कुमारी धामी १२६ मत प्राप्त गरी विजयी, प्रतिस्पर्धी मनिषा बोगटीले ९५ मत प्राप्त गरिन्।
निर्वाचित सदस्यहरू:
समाजना खाती (१२० मत) – एमाले सम्बद्ध अनेरास्ववियू
कविता खाती (११२ मत) – नेविसंघ
लोकराज जोशी (११५ मत) – समाजवादी सम्बद्ध अनेरास्ववियू
सपना धामी (११३ मत) – अखिल क्रान्तिकारी
समानुपातिक तर्फ उपाध्यक्षमा अखिल क्रान्तिकारीका जनक निरौला चयन हुने पक्का भएको छ भने सह-सचिव पनि अखिल क्रान्तिकारीबाटै हुने निश्चित भएको छ।
























