मष्टा गाउँपालिकामा नसर्ने रोगको स्क्रिनिङ अभियान सञ्चालन
माया कुमारी ताडी -बझाङ – मष्टा गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा नसर्ने रोगहरूको स्क्रिनिङ अभियान २०८२ अन्तर्गत गाउँपालिकाका सबै वडामा स्वास्थ्य परीक्षण कार्यक्रम सञ्चालन भइरहेकाे छ।
यसै क्रममा मष्टा गाउँपालिका वडा नं. १ मा २०८२ साल माघ २३ गते कोटदेवल स्वास्थ्य चौकीबाट अभियानको सुरुआत गर्दै बस्ती–बस्तीमा पुगेर स्वास्थ्य सेवा दिईरहेका छन । अाज डुग्री गाउँघर र किल्निघरमा स्वास्थ्य परीक्षण गरिएको छ । उक्त शिविरमा मधुमेह (सुगर) जाँच, रक्तचाप जाँच, पिसाब परीक्षण तथा बी एम आई जाँच गरी नसर्ने रोगको स्क्रिनिङ जाँच गरिएको थियो ।
कोटदेवल स्वास्थ्य चौकीका सि.अहेब दिपेन्द्र खातीले ३० वर्षभन्दा माथिका सबै नागरिकको स्वास्थ्य परीक्षण गर्ने उद्देश्यले अभियान सञ्चालन गरिएको जानकारी दिनुभयो । शिविरमा अनमी सुनिला भण्डारी तथा जिन्नाडा स्वास्थ्य इकाइ प्रमुख उमेश थापाको सक्रिय सहभागिता रहेको थियो
काेटदेवल स्वास्थ्य चौकि ईन्चार्ज प्रकाश खड्का अनुसार माघ २४ गते ४० जनाले स्वास्थ्य परीक्षण गराएका थिए भने आज ५० जनाले जाँच गराएका छन् । भोलि जिन्नाडा बस्तीमा शिविर सञ्चालन हुने र त्यसपछि वडा नं. १ का सबै बस्तीका टोलहरूमा क्रमश स्वास्थ्य परीक्षण गरिने वडा अध्यक्ष रामचन्द्र रोकायाले जानकारी दिनुभयो ।
यस अभियानबाट स्थानीय नागरिकहरूलाई समयमै रोगको पहिचान र उपचारमा सहयोग पुग्ने गरि गरिएकाे स्वास्थ्य शाखा प्रमुख रबिन्द्र बाेहराले जानकारि दिएका छन ।
विज्ञापन

मष्टा गाउँपालिकामा नसर्ने रोगको स्क्रिनिङ अभियान सञ्चालन
विज्ञापन


विज्ञापन

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन

विज्ञापन

विज्ञापन

विज्ञापन

विज्ञापन

विज्ञापन

विज्ञापन

विज्ञापन

विज्ञापन

नयाँ प्रकाशित
विज्ञापन

विज्ञापन

विज्ञापन

विज्ञापन











