विज्ञापन

थलारा गाउपालिका माध्यामिक  विद्यालय स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियाेगिता सम्पन्न 

विज्ञापन
Image
विज्ञापन

माया कुमारी ताडी – बझाङ – थलारा गाउँपालिकामा सञ्चालन भएको अन्तर माध्यमिक विद्यालय स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आज औपचारिक रूपमा सम्पन्न भएको छ। माघ २१ गतेदेखि सुरु भएको प्रतियोगिताको समापन आज एक विशेष कार्यक्रमका बीच गरिएको हो।
प्रतियोगितामा गाउँपालिकाभित्रका ८ वटा माध्यमिक विद्यालयहरूको सहभागिता रहेको थियो। विभिन्न खेल विधामा भएको प्रतिस्पर्धामा पूर्णचन्द्रदय माध्यमिक विद्यालय, कुलाकाट्ने ११ स्वर्ण ३ रजत ४ कास्य गरि प्रथम भई   दुई पटक सम्म समग्र विजेता बन्न सफल भएको छ। यस्तै, शान्ति माध्यमिक विद्यालय, पाराकाट्ने ७ स्वर्ण २ रजत ४ कास्य गरि  दोस्रो स्थान हासिल गर्याे भने   त्रिभुवन माध्यमिक विद्यालय, महेन्द्रधार ५ स्वर्ण ४ रजत ३ कास्य गरि   तेस्रो स्थान हासिल गर्न सफल भएकाे छ ।
समापन कार्यक्रम थलारा गाउँपालिका खेलकुद विकास समितिका अध्यक्ष लोकेन्द्र चौहानको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रमका प्रमुख अतिथि थलारा गाउँपालिका अध्यक्ष प्रकाश रोकाया रहनु भएको थियो भने विशिष्ट अतिथिमा उपाध्यक्ष राम खाती अन्य अतिथिमा प्रमुख प्रसासकिय अधिकृत , वडा अध्यक्षहरू, विभिन्न राजनीतिक दलका प्रतिनिधि, कर्मचारी, पत्रकार तथा स्थानीय सरोकारवालाहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
समापन समारोहमा प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी, विद्यालय तथा विभिन्न व्यक्तिहरूलाई सम्मान तथा पुरस्कार वितरण गरिएको थियो। यस्ता प्रतियोगिताले विद्यार्थीहरूमा खेलकुदप्रति रुचि बढाउनुका साथै अनुशासन, टीमवर्क र प्रतिस्पर्धी भावना विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने गाउपालिका अध्यक्ष प्रकाश राेकाया ले  विश्वास व्यक्त गरेका छन्।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन