विज्ञापन

छबिसपाथिभेरामा हाजिरीजवाफ, निबन्ध र वक्तृत्वकला प्रतियोगिता सम्पन्न

विज्ञापन
Image
विज्ञापन

छबिसपाथिभेरा गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा कक्षा १ देखि १० सम्मका विद्यार्थीलाई लक्षित गर्दै हाजिरी जवाफ, निबन्ध तथा वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ।
पालिका नजिकै रहेको शान्ति माध्यमिक विद्यालयमा आयोजित कार्यक्रममा कक्षा १ देखि ५ सम्मका विद्यालय बीच हाजिरीजवाफ प्रतियोगिता, कक्षा ६ देखि ८ सम्म निबन्ध प्रतियोगिता तथा कक्षा ८ देखि १० सम्म बि बि स्तरीय वक्तृत्वकला प्रतियोगिता सञ्चालन गरिएको थियो।
हाजिरी जवाफ प्रतियोगितामा ब्राइट स्टार इङ्लिस बोर्डिङ स्कुल प्रथम, पाथिभेरा लिटिल स्टार दोस्रो र सूर्यदय आधारभूत विद्यालय तेस्रो स्थान हासिल गर्न सफल भएका हुन ।
निबन्ध प्रतियोगितामा बाठपाली माध्यमिक विद्यालय प्रथम, जनप्रिय माध्यमिक विद्यालय दितिय शान्ति माध्यमिक विद्यालय तृतिय स्थान  हासिल गरेका हुन ।
त्यस्तै वक्तृत्वकला प्रतियोगितामा सत्यबादी माध्यमिक विद्यालय   प्रथम, जनप्रिय माध्यमिक विद्यालय दोस्रो र बाठपाली माध्यमिक विद्यालय तेस्रो स्थान हासिल गरे।
निबन्ध प्रतियोगितामा १६ विद्यालय र वक्तृत्वकला प्रतियोगितामा ८ विद्यालयको सहभागिता रहेको थियो। विजेता विद्यालय तथा विद्यार्थीहरूलाई नगद पुरस्कार, मेडल, प्रमाणपत्र सहित शैक्षिक सामग्री वितरण गरिएको थियो।
कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष वसन्त चलाउनेले प्रत्येक वर्ष यस्ता शैक्षिक कार्यक्रम गर्दै आएको र यसले विद्यार्थीको क्षमता विकास तथा शैक्षिक गुणस्तर अभिवृद्धि हुने विश्वास व्यक्त गर्नुभयो। सुशासनमा अब्बल छबिसपाथिभेरा गाउँपालिका हरेक राम्रा काम गर्ने पालिकाको रूपमा चिनिँदै आएको उहाँको भनाइ थियो।
कार्यक्रममा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत तथा विभिन्न शाखा प्रमुखहरूको उपस्थिति रहेको थियो। आगामी दिनहरूमा पनि शैक्षिक क्षेत्रमा अझ प्रभावकारी कार्यक्रम अघि बढाइने युवा शिक्षा तथा खेलकुद शाखा प्रमुख हरिचन्द्र कठायत  बताए ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन