माया कुमारी ताडी – बझाङ — जयपृथ्वी नगरपालिकाको पाँचौँ नगरपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको भव्य रूपमा समुउद्घाटन गरिएको छ। सुनिपिपलचौर माध्यमिक विद्यालयको खेलमैदानमा सुरु भएको प्रतियोगिता जयपृथ्वी नगरपालिका खेलकुद समितिका अध्यक्ष सुरेन्द्र ब. सिंहको अध्यक्षतामा उद्घाटन कार्यक्रमका प्रमुख अतिथि जयपृथ्वी नगरपालिकाका मेयर चेतराज बजाल रहेका थिए भने विशिष्ट अतिथिमा उप–मेयर रतन बहादुर सिंह सहभागी थिए। त्यसैगरी वडा नं. ११ का वडा अध्यक्ष सर्जन थापा, वडा नं. ७ का वडा अध्यक्ष शिवराज जोशी, वडा नं. ५ का वडा अध्यक्ष प्रेम बुढा लगायत नगर कार्यपालिका सदस्यहरू, विभिन्न विद्यालयका प्रधानाध्यापक, कर्मचारी तथा अन्य अतिथिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
आयोजकका अनुसार प्रतियोगिता आज देखि व्यवस्थित ढंगबाट सञ्चालन गरिनेछ। यस प्रतियोगितामार्फत नगरभित्रका विद्यार्थी खेलाडीहरूको प्रतिभा पहिचान गर्दै खेलकुद विकासमा टेवा पुग्ने अपेक्षा गरिएको छ।
गत वर्ष सम्पन्न चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि सुनिपिपल चौर माध्यमिक विद्यालयले जितेको थियो। यस वर्षको प्रतियोगितामा पनि नगर भित्रका माध्यामिक विद्यालयहरूको सहभागिता रहने र प्रतिस्पर्धा रोचक हुने आयोजकले विश्वास लिएकाे छ ।
विज्ञापन

जयपृथ्वी नगरपालिकामा पाँचौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
विज्ञापन


विज्ञापन

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन

विज्ञापन

विज्ञापन

विज्ञापन

विज्ञापन

विज्ञापन

विज्ञापन

विज्ञापन

विज्ञापन

नयाँ प्रकाशित
विज्ञापन

विज्ञापन

विज्ञापन

विज्ञापन











