विज्ञापन

नेपाली कम्युनिष्ट पार्टि मष्टा  गाउँ कमिटीको रणनितिक विस्तारित बैठक सम्पन्न, विभिन्न समिति गठन

विज्ञापन
Image
विज्ञापन

नेपाली कम्युनिष्ट पार्टि मष्टा  गाउँ कमिटीको रणनितिक विस्तारित बैठक सम्पन्न, विभिन्न समिति गठन
मष्टा गाउँपालिकामा आज नेपाली कम्युनिष्ट पार्टी मष्टा गाउँ कमिटीको विस्तारित बैठक सम्पन्न भएको छ। फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचन लाई लक्षित गर्दै बैठकले संगठनात्मक तयारी तीव्र बनाउने उद्देश्यसहित विभिन्न महत्वपूर्ण निर्णय गरेको छ।
बैठकले केन्द्रीय सदस्य गजेन्द्र सार्कीको संयोजकत्वमा ११ सदस्यीय समन्वय–सम्पर्क समिति गठन गरेको छ। त्यसैगरी, मुल प्रचार–प्रसार समितिमा शिवराज बोहरा संयोजक र जोग कठायत सह–संयोजक रहने गरी ९ सदस्यीय समिति बनाइएको छ। युवा परिचालन समितिमा कमल रोकाया संयोजक र जनक खड्का सह–संयोजक सहित २३ सदस्यीय समिति गठन गरिएको छ।
त्यसैगरी, गंग सार्कीको संयोजकत्वमा दलित महिला समिति गठन गरिएको छ। वडास्तरमा प्रचार–प्रसार समितिहरू पनि गठन भएका छन्। वडा नं. १ मा प्रयाग रोकाया संयोजक र मान बहादुर खड्का सह–संयोजक, वडा नं. २ मा नवीन आग्री संयोजक र सन्तोष ओखेडा सह–संयोजक, वडा नं. ३ मा मदन कठायत संयोजक र सेर सार्की सह–संयोजक, वडा नं. ४ मा विष्णु जोशी संयोजक र कृष्ण कठायत सह–संयोजक, वडा नं. ५ मा अर्जुन बोहरा संयोजक र जग बोहरा सह–संयोजक, वडा नं. ६ मा वीरबहादुर बोहरा संयोजक र गिरी नेपाली सह–संयोजक, तथा वडा नं. ७ मा देवराज द्वाल संयोजक र शिवराज जेठारा सह–संयोजक चयन भएका छन्।
यस्तै, हर्क धामीको संयोजकत्वमा आर्थिक समिति पनि गठन गरिएको छ।
कार्यक्रम केशव जोशीको अध्यक्षतामा सम्पन्न भएको थियो भने प्रमुख अतिथिका रूपमा केन्द्रीय सदस्य गजेन्द्र सार्की सहभागी हुनुहुन्थ्यो। कार्यक्रममा जिल्ला स्तरका नेता रामचन्द्र रोकाया, शिवराज बोहरा, जोग कठायत, हर्क धामी, सुरेन्द्रराज जोशी, रमेश जेठारा, देविचन्द्र बुढा, प्रकाश ओखेडा लगायतको उपस्थिति रहेको थियो। कार्यक्रम उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको आयोजकले जनाएको छ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन