विज्ञापन

अखिल (क्रान्तिकारी) द्वारा ‘Revolutionary Task Force’ गठन,  केन्दिय संयाेजकमा सत्यराज बोहरा निर्वाचित 

विज्ञापन
Image
विज्ञापन

माया कुमारी  ताडी  – काठमाडौं  अखिल (क्रान्तिकारी) ले युवादस्ता तथा क्रान्तिकारी सेनाका रूपमा ‘Revolutionary Task Force’ गठन गरेको छ । काठमाडौं स्थित अस्कल क्याम्पसमा आयोजित एक कार्यक्रम बाट सत्यराज बोहराको केन्द्रीय संयोजकत्वमा ५१ सदस्यीय समिति घोषणा गरिएको हो।
कार्यक्रममा जेन्जी आन्दोलन पछि बदलिएको राजनीतिक परिस्थिति र फेरबदलको सन्दर्भमा युवाहरू परिवर्तनको पक्षमा दृढतापूर्वक लागिरहेको वक्ताहरूले बताएका थिए। नवगठित संयोजक बोहरा यसअघि अखिल क्रान्तिकारी बझाङ–काठमाडौं सम्पर्क मञ्चका अध्यक्ष थिए। उनी बझाङ जिल्ला मष्टा गाउँपालिका वडा नम्बर ६ का बासिन्दा हुन्। बाल्यकालदेखि नै क्रान्तिकारी विचारलाई आत्मसात गर्दै परिवर्तनको पक्षमा सक्रिय रहँदै आएका बोहराले विभिन्न विद्यार्थी आन्दोलनहरूमा उल्लेखनीय भूमिका निर्वाह गर्दै आएका छन्। उनी हरेक सकारात्मक र सही विषयमा साहसिक ढंगले अडिग रहने नेताका रूपमा चिनिन्छन्।
कार्यक्रमको अध्यक्षता अखिल क्रान्तिकारीका केन्द्रीय अध्यक्ष विजय सापकोटाले गरेका थिए। कार्यक्रममा अखिल क्रान्तिकारीका पदाधिकारी तथा विभिन्न विद्यार्थी नेता–कार्यकर्ताहरूको उपस्थिति रहेको थियो।
त्यसैगरी, कार्यक्रममा अनेरास्ववियु र नेविसंघका विद्यार्थी संगठनबाट ३८ जना अखिल क्रान्तिकारीमा प्रवेश गरेका छन्। प्रवेश गर्ने विद्यार्थीहरू लाई टीका र खादा लगाएर स्वागत गरिएको आयोजकले जनाएको छ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन