माया कुमारी ताडि काठमाडौं – निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले पेश गरेका बन्दसूचीबाट ७६ जना उम्मेदवारको नाम हटाएको छ।
आयोगले सोमबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार प्रचलित कानुन, आयोगका निर्णय तथा दलहरूबाट प्राप्त विवरणका आधारमा उम्मेदवारहरूको योग्यता र अयोग्यता सम्बन्धी जाँच गर्दा विभिन्न कारण देखिए पछि नाम हटाउने निर्णय गरिएको हो।
आयोगका अनुसार कर्जा सूचना केन्द्रको कालो सूचीमा परेका २१ जना, प्रदेश सभा सदस्यको समानुपातिक बन्दसूचीमा नाम कायम रहेका २५ जना, आयोगबाट तोकिएको जरिवाना नतिरेका १० जना, २५ वर्ष उमेर पूरा नगरेका ४ जना, मतदाता नामावलीमा नाम समावेश नभएका १ जना, मतदाता नामावली दर्ता गरिएको क्षेत्रमै नबस्ने २ जना, महिला उम्मेदवार पेश गर्नुपर्ने ठाउँमा पुरुष उम्मेदवार पेश गरिएका १ जना, नाम हटाउन सम्बन्धित राजनीतिक दलबाट लेखिआएका १० जना तथा एकभन्दा बढी कारण देखिएका २ जनाको नाम बन्दसूचीबाट हटाइएको हो।
विज्ञापन

निर्वाचन आयाेगले समानुपातिक बन्दसूचीबाट ७६ उम्मेदवारको नाम हटाइयो
विज्ञापन


विज्ञापन

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन

विज्ञापन

विज्ञापन

विज्ञापन

विज्ञापन

विज्ञापन

विज्ञापन

विज्ञापन

विज्ञापन

नयाँ प्रकाशित
विज्ञापन

विज्ञापन

विज्ञापन

विज्ञापन








