विज्ञापन

बिथ्थडचिर गाउँपालिकामा एमाले–कांग्रेसका १० जना कार्यकर्ता नेपाली कम्युनिष्ट पार्टी मा प्रवेश

विज्ञापन
Image
विज्ञापन

माया कुमारी ताडि –बझाङ – बिथ्थडचिर गाउँपालिकामा नेकपा एमाले र नेपाली कांग्रेस परित्याग गर्दै १० जना कार्यकर्ता नेपाली कम्युनिष्ट पार्टी  मा प्रवेश गरेका छन्।
पार्टी प्रवेश गर्नेमा बिथ्थडचिर गाउँपालिका वडा नं. ४ का वीरबहादुर कामी र धनजित चुनारा, वडा नं. ५ का राजु महर र मनवीर महर, वडा नं. ६ का मनिस ओखेडा लगायतका व्यक्तिहरू रहेका छन्।
नवप्रवेस कार्यकर्ताहरूलाई नेपाली कम्युनिष्ट पार्टी बझाङ जिल्ला प्रतिनिधिसभा उम्मेदवार मीनबहादुर कुवँर र केन्द्रीय सदस्य देबकी मल्लले टीका र खादा लगाई पार्टीमा स्वागत गरेका हुन्।
बिथ्थड चिर गाउँपालिकाका अगुवा कार्यकर्ताहरूको भेटघाट तथा पार्टी प्रवेश कार्यक्रम राजकुमार बिष्टको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा प्रमुख अतिथिका रूपमा प्रतिनिधिसभा उम्मेदवार मीनबहादुर कुवँर, विशिष्ट अतिथिका रूपमा केन्द्रीय सदस्य देबकी मल्ल तथा समानुपातिक उम्मेदवार धुम्मरा ठकुन्ना सहभागी थिए।
कार्यक्रममा जिल्ला स्तरका युवा नेताहरू गम्भीर थापा, रामचन्द्र रोकाया, रेस खड्का, देविजङ सिंह, विशाल धामी, रमेश अधिकारी, निराजन बोहरा, हरिस खड्का, भक्त अवस्थी लगायतको उपस्थिति रहेको थियो।
यसैबीच, भोलि मिति १७ गते बिथ्थडचिर गाउँपालिका भरि घरदैलो भेटघाट कार्यक्रम सञ्चालन गर्ने तथा जिल्लाका सबै नेताहरूको उपस्थितिमा मतदाता भेटघाट अभियान औपचारिक रूपमा सुरु गरिने प्रचार विभागले जनाएको छ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन