विज्ञापन

सहिद दिवसको अवसरमा देवराज रेग्मी लिखित  ‘अनुभव, अनुभूति र संघर्षको संगालो’ पुस्तक बिमाेचन

विज्ञापन
Image
विज्ञापन

माया कुमारी ताडि बझाङ — सहिद दिवसको अवसर पारेर नेपाली कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य तथा बझाङका नेता देवराज रेग्मी द्वारा लिखित  ‘अनुभव, अनुभूति र संघर्षको संगालो’ पुस्तक काे विमोचन कार्यक्रम सम्पन्न भएको छ।
अक्कल धामीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथिका रूपमा पूर्व मन्त्री भानुभक्त जोशी उपस्थित रहनुभएको थियो। कार्यक्रममा नेपाली कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्यहरू वीरेन्द्र भण्डारी, मीनबहादुर कुँवर, शंकर खड्का, गजेन्द्र  ब सार्कि, लक्ष्मी जोशी, टोपबहादुरखड्का  मदन सार्की  लगायत नेता, कार्यकर्ता तथा पत्रकारहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रममा सहिदहरूको फोटोमा माल्यार्पण गरी श्रद्धाञ्जली अर्पण गर्दै प्रमुख अतिथि जाेशि द्वारा पुस्तक विमोचन गरिएको हो। विमोचित पुस्तकमा वि.सं. २००७ सालदेखि हालसम्मका राजनीतिक घटनाक्रमहरू समेटिनुका साथै विशेष गरी जनयुद्ध केन्द्रित आन्दोलन, संघर्ष र त्यससँग जोडिएका अनुभव तथा अनुभूतिहरूलाई विस्तृत रूपमा प्रस्तुत गरिएको छ।
वक्ताहरूले पुस्तकले नेपाली कम्युनिष्ट आन्दोलनको ऐतिहासिक पाटोलाई दस्तावेजीकरण गरेको उल्लेख गर्दै नयाँ पुस्ताका लागि समेत मार्गदर्शक बन्ने विश्वास व्यक्त गरे।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन