विज्ञापन

अखिल (समाजवादी) का केन्द्रीय महासचिव प्रकाश जप्रेल नेपाली कम्युनिस्ट पार्टीमा समाहित

विज्ञापन
Image
विज्ञापन

माया कुमारी  ताडि – नेकपा माओवादी (विप्लव) निकट अखिल (समाजवादी) का केन्द्रीय महासचिव प्रकाश जप्रेल नेपाली कम्युनिस्ट पार्टीमा समाहित भएका छन्। बामपन्थी आन्दोलनको ध्रुवीकरणको क्रममा नेपाली कम्युनिस्ट पार्टीमा एकीकृत हुनु परिवर्तनको बाटो समात्नु भएको उहाँले बताएका छन्।
बझाङ जिल्ला दुर्गाथली गाउँपालिकाका स्थायी बासिन्दा जप्रेल सानै उमेर देखि क्रान्तिकारी आन्दोलनमा सक्रिय रहँदै आएका नेता हुन्। विद्यार्थी राजनीतिबाट राजनीतिक यात्रा सुरु गरेका जप्रेलले विभिन्न चरणमा बाम आन्दोलनमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए।
नेकपा माओवादी विभाजन पछि जप्रेल विप्लव नेतृत्वको धारमा लागेका थिए। तर लामो समयसम्म पनि त्यस धाराले अपेक्षित राजनीतिक दिशा र उपलब्धि दिन नसकेको ठहर गर्दै उनले नेपाली कम्युनिस्ट पार्टीमा समाहित हुने निर्णय गरेको बताएका छन्। “पार्टी विभाजनपछि विप्लव धाराले कुनै ठोस राजनीतिक पुष्टि गर्न नसकेकाले परिवर्तनको पक्षमा उभिँदै नेपाली कम्युनिस्ट पार्टी रोजेको हुँ,” जप्रेलको भनाइ छ।
नेता जप्रेल सँगै नेकापा माओवादि  का केन्दिय सदस्य हरुलगायत अखिल  (समाजवादी) तथा विप्लव निकट विभिन्न संगठनका थुप्रै केन्द्रीय नेताहरू पनि नेपाली कम्युनिस्ट पार्टीमा समाहित भएका छन्। यसलाई बामपन्थी आन्दोलनको एकता र पुनर्गठनतर्फको महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।
राजनीतिक विश्लेषकहरूका अनुसार यस किसिमको समायोजनले बामपन्थी शक्तिहरू लाई एकीकृत गर्दै आगामी दिनमा वैचारिक तथा संगठनात्मक रूपमा बलियो बनाउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन