माया कुमारी ताडि-सिन्धुली प्रतिनिधिसभा क्षेत्र नं. २ मा आसन्न निर्वाचनलाई लिएर चुनावी माहोल दिनप्रतिदिन तातिँदै गएको छ। २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा लेखनाथ दाहाल राजन भारी मतका साथ निर्वाचित भई संसद प्रवेश गरेका थिए। संसदमा सत्य, तथ्य र यथार्थपरक आवाज उठाउने सांसदका रूपमा परिचित दाहाल यस पटक पनि फागुन २१ गते हुने निर्वाचनका लागि मैदानमा उत्रिएका छन ।
निर्वाचन अभियानअन्तर्गत दाहाल हाल क्षेत्र नं. २ का विभिन्न स्थानमा घरदैलो भेटघाटमा सक्रिय छन्। मतदातासँग प्रत्यक्ष संवाद गर्दै जनताको समस्या र अपेक्षा सुन्ने क्रममा उनी व्यस्त देखिएका छन्।
आजै हरिहरपुरगढी गाउँपालिकामा एक कार्यक्रम का बिच नेपाली कांग्रेस परित्याग गरी धनबहादुर मुक्तान, कान्छामान लो, लिलाबहादुर भोलनसहित करिब ४० जना युवाहरू नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश गरेका छन्।गाउपालिका अध्यक्ष ब्रजध्वज बाइवाले नवप्रवेशी युवाहरूलाई टीका–खादा लगाएर पार्टीमा स्वागत गरेका हुन्।
यस क्षेत्रमा दाहालको पक्षमा जनसमर्थन थपिँदै गएको देखिन्छ। उनलाई पराजित गर्न विभिन्न षड्यन्त्र र अन्य उम्मेदवारी अघि सारिएको चर्चा भए पनि दाहाल जनताको वास्तविक आवाज संसदमा पुर्याउने नेता भएको भन्दै जनतामाझ लोकप्रिय बनेका छन्। जनतासँग घुलमिल हुने, जनपक्षीय मुद्दा उठाउने र निर्भीक रूपमा आवाज राख्ने सांसदका रूपमा दाहाल चिनिँदै आएका छन्।
स्थानीय तहका नेताहरू तथा सर्वसाधारण मतदाताहरूले समेत यस निर्वाचनमा दाहालको पक्षमा माहोल अनुकूल बन्दै गएको प्रतिक्रिया दिएका छन्। समग्रमा, सिन्धुली क्षेत्र नं. २ मा हुने यो निर्वाचन लेखनाथ दाहालको पक्षमा पर्लाभारि निश्चित हुने संकेत देखिन थालेको छ।
विज्ञापन

सिन्धुली क्षेत्र नं. २ मा ४० जना युवाले गरे पार्टी प्रबेस राजन दाहालको पक्षमा वातावरण अनुकूल बन्दै
विज्ञापन


विज्ञापन

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन

विज्ञापन

विज्ञापन

विज्ञापन

विज्ञापन

विज्ञापन

विज्ञापन

विज्ञापन

विज्ञापन

नयाँ प्रकाशित
विज्ञापन

विज्ञापन

विज्ञापन

विज्ञापन











