माया कुमारी ताडि – नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ जनयुद्धको उद्गगम स्थल र किल्लाका रुपमा चिनिने पूर्वी रुकुम निर्वाचन क्षेत्रबाट विजयी हुने निश्चित देखिएको छ। हालको राजनीतिक परिस्थिति फरक रहे पनि देशभरका १६५ निर्वाचन क्षेत्रमध्ये प्रचण्डको निर्वाचन क्षेत्र मात्र ‘क्लियर’ विजय हुने क्षेत्रका रूपमा देखिएकाे छ ।
यस निर्वाचन क्षेत्रमा नेपाली कांग्रेस बाट कुसुमदेवी थापा, प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) बाट सन्दीप पुन तथा नेकपा एमाले बाट लिलामणि गौतम उम्मेदवार रहेका छन्। यद्यपि, नेकपा एमालेका उम्मेदवारले चुनावी अभियान चलाइरहे पनि प्रलोपालाई सघाउने निर्णयका कारण एमालेभित्र असन्तुष्टि देखिएको छ। यस अवस्थाले पनि प्रचण्डलाई थप फाइदा पुग्ने राजनीतिक विश्लेषकहरूले बताएका छन ।
लुम्बिनी प्रदेश अन्तर्गत पर्ने पूर्वी रुकुम जिल्लामा संघीय निर्वाचन क्षेत्र १ रहेको छ। यहाँ प्रदेशसभा निर्वाचन क्षेत्र ‘क’ र ‘ख’ गरी दुई क्षेत्र छन । भने ३ वटा गाउपालिका रहेका छन । पुथा उत्तरगंगा गाउँपालिका मा १४ वडा, भूमे गाउँपालिकामा ९ वडा र सिस्ने गाउँपालिकामा ८ वडा गरी जम्मा ३१ वडा रहेकाे पुर्बि रुकुम जिल्ला हाे ।पुथा उत्तरगंगा गाउपालिका मा अध्यक्ष र उपाध्यक्ष सहित ११ वडा अध्यक्षहरु नेकपा माओवादि केन्द्रले बिजय हासिल गरेका थिय भने भुमे गाउपालिका मा गाउपालिका अध्यक्ष उपाध्यक्ष सहित८ वडा अध्यक्ष मा माओवादि केन्द्र ले नै बिजय हासिल गरेका हुन ।
सिस्ने गाउपालिका पनि नेकपा माओवादि केन्द्र बाटै गाउपालिका अध्यक्ष र ६ वडा अध्यक्ष बिजय हासिल गरेका थिय भने उपाध्यक्ष मा नेकपा एमाले ले बिजय हासिल गरेका हुन ।जम्मा जिल्लाभरि ३१ वडा रहेकाेमा २५ वडा अध्यक्षमा नेकपा (माओवादी केन्द्र) विजयी भएको थियाे । भने नेकपा एमालेले २ वडा अध्यक्ष र नेपाली कांग्रेसले ४ वडा अध्यक्षमा विजय हासिल गरेका हुन । सिस्ने गाउँपालिकामा एमाले–कांग्रेस गठबन्धनबाट उपाध्यक्ष विजयी भए पनि बाँकी सबै पदमा माओवादी केन्द्रले जित हात पारेको थियो।
२०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा माओवादी केन्द्र विजयी भएको थियो भने प्रदेशसभा क्षेत्र ‘क’ मा स्वतन्त्र उम्मेदवार र क्षेत्र ‘ख’ मा नेकपा माओवादि केन्द्र र काग्रेसकाे गठबन्धन बाट नेपाली कांग्रेस विजयी भएको थियो।
पूर्वी रुकुममा कुल मतदाता संख्या ३४ हजार ७ सय ७२ रहेको छ। ऐतिहासिक रूपमा माओवादी केन्द्रको बलियो आधार क्षेत्र मानिने पूर्वी रुकुमलाई ‘लाल किल्ला’ का रूपमा चिनिन्छ। हाल बनेकाे नेपाली कम्युनिट पार्टि लाई कसैले चुनौती दिन नसक्ने स्थानीय राजनीतिक विश्लेषकहरू ले बताएका छन ।
विज्ञापन

किल्ला मानिने पुर्वि रुकुममा प्रचण्डकाे बिजय सुनिश्चित
विज्ञापन


विज्ञापन

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन

विज्ञापन

विज्ञापन

विज्ञापन

विज्ञापन

विज्ञापन

विज्ञापन

विज्ञापन

विज्ञापन

नयाँ प्रकाशित
विज्ञापन

विज्ञापन

विज्ञापन

विज्ञापन











