माया कुमारी ताडि – बझाङ — जिल्लामा लामो समयपछि हिमपात तथा वर्षा भएको छ। जिल्लाका अधिकाङस गाउँपालिकहरुका मिथिल्ला भेगहरुमा विभिन्न स्थानमा हिमपात भएको छ। असोज यता वर्षा नभएपछि खडेरीको मार खेप्दै आएका कृषकका लागि भने यो वर्षा राहतको रूपमा आएको छ।
लामो समय सम्म पानी नपर्दा ग्रामीण भेगका बालीहरू सुकिसकेका थिए भने आकासे पानीको भरमा गरिएको खेतीपाति मा उत्पादनमा ठुलाे जोखिममा भएकाे थियाे । पछिल्लो वर्षा र हिमपातपछि माटोमा चिस्यान बढेको र गहुँ, जौ तथा अन्य हिउँदे बालीलाई फाइदा पुग्ने कृषि बिज्ञहरुले बताएका छन्। यसले कृषकहरूलाई खुसी बनाएको छ।
तर, हिमपात र वर्षाका कारण केही स्थानमा दैनिक जनजीवन भने प्रभावित भएको छ। चिसो बढे सँगै यातायात, विद्यालय तथा सामान्य आवतजावतमा समेत समस्या देखिएको स्थानीयले बताएका छन्।
विज्ञहरूका अनुसार जलवायु परिवर्तनका कारण पछिल्ला वर्षहरूमा नियमित हिउँदे वर्षा हुन सकेको छैन। लामो समय पानी नपर्दा तुलबालि समेत सुक्ने अवस्था आएको थियो। अहिले परेको यो वर्षाले तत्कालका लागि केही राहत पुगे पनि दीर्घकालीन समाधानका लागि मौसम प्रणालीमा देखिएको परिवर्तन लाई गम्भीर रूपमा लिनुपर्ने उनीहरूको भनाइ छ।
लामो खडेरीपछि परेको वर्षा र हिमपातले बझाङका ग्रामीण भेगहरुका क्षेत्रमा सेताम्मे दिखिन थालेका छन। मौसम भने बदलि भएकाे छ अझ पानी पर्ने सम्भावना रहेकाे बताएका छन ।
विज्ञापन

बझाङमा हिमपात र वर्षा, कृषकमा खुसि तर जनजीवन आंशिक प्रभावित
विज्ञापन


विज्ञापन

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन

विज्ञापन

विज्ञापन

विज्ञापन

विज्ञापन

विज्ञापन

विज्ञापन

विज्ञापन

विज्ञापन

नयाँ प्रकाशित
विज्ञापन

विज्ञापन

विज्ञापन

विज्ञापन











