माया कुमारी ताडि – बझाङ – छबिसपाथिभेरा गाउँपालिकाको १७औँ गाउँसभा अधिवेशन सम्पन्न भएको छ। गाउँपालिका अध्यक्ष वसन्त बहादुर चलाउनेको सभाअध्यक्षतामा सम्पन्न अधिवेशनमा उपाध्यक्ष लक्ष्मण बोहरा, गाउँसभा सदस्यहरू तथा गाउँपालिकाका कर्मचारीहरूको उपस्थिति रहेको थियो।
अधिवेशनमा विभिन्न महत्वपूर्ण नीति तथा प्रस्तावहरू पारित गरिएको छ। सभालाई सम्बोधन गर्दै गाउँसभा अध्यक्ष चलाउनेले छबिसपाथिभेरा गाउँपालिकाका जनताले आफूहरूप्रति व्यक्त गरेको विश्वास, माया र दिएको जिम्मेवारीलाई पूर्ण रूपमा पूरा गर्न आफूहरू प्रतिबद्ध रहेको बताए। उनले गाउँपालिकालाई प्रणाली, पद्धति, सुशासन र पारदर्शिता मार्फत अगाडि बढाउँदै थप सफलताको दिशामा लैजान पहल गरिने स्पष्ट पारे।
गाउँपालिकाले लिजा होस् वा अन्य मूल्याङ्कनमा जिल्लाकै उत्कृष्ट बन्न सफल भएको उल्लेख गर्दै अध्यक्ष चलाउनेले यस उपलब्धिमा योगदान पुर्याउने प्रमुख प्रशासकीय अधिकृतसहित विशेष गरी लेखा, सूचना फाँट लगायत सबै शाखा प्रमुख तथा कर्मचारीहरूलाई धन्यवाद व्यक्त गरे।
विज्ञापन

छबिसपाथिभेरा गाउँपालिकाको १७औँ गाउँसभा अधिवेशन सम्पन्न
विज्ञापन


विज्ञापन

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन

विज्ञापन

विज्ञापन

विज्ञापन

विज्ञापन

विज्ञापन

विज्ञापन

विज्ञापन

विज्ञापन

नयाँ प्रकाशित
विज्ञापन

विज्ञापन

विज्ञापन

विज्ञापन











