माया कुमारी ताडि -बझाङ – सुदूरपश्चिम प्रदेश सरकार अन्तर्गत सञ्चालन हुने नवप्रवर्तन साझेदारी परियोजना (Innovation Partnership Project) का लागि बझाङ जिल्लाको जयपृथ्वी नगरपालिका छनोट भएको छ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सुदूरपश्चिम प्रदेशले प्रदेश तथा स्थानीय तह सशक्तीकरण कार्यक्रम (PLGSP) अन्तर्गत आर्थिक वर्ष २०८२/०८३ का लागि सञ्चालन गरिने उक्त परियोजनामा जयपृथ्वी नगरपालिका लाई छनोट गरेको हो। प्रदेश सरकारद्वारा प्रकाशित सूचना अनुसार प्रारम्भिक मूल्याङ्कन पछि पुनः पेश भएका प्रस्तावहरू मध्ये सुदुरपश्चिम भरि ५ वटा गाउपालिका तथा नगरपालिका मध्येे बझाङ बाट जयपृथ्वी नगरपालिकाको छनौट मा परेकाे हाे ।
नवप्रवर्तन साझेदारी परियोजना सञ्चालन कार्यविधि, २०८२ अनुसार प्रदेश छनोट तथा सिफारिस समितिबाट मूल्याङ्कन भई प्रदेश निर्देशक समितिको बैठकबाट जयपृथ्वी नगरपालिकाको परियोजना अनुमोदन गरिएको हो। यस परियोजनामार्फत स्थानीय तहमा नवीन सोच, प्रविधि र साझेदारीका माध्यमबाट सेवा प्रवाह तथा विकास प्रक्रियालाई प्रभावकारी बनाउने लक्ष्य लिइएको नगरपालिका प्रमुख चेतराज बजाल ले बताए ।
प्रदेश सरकारका अनुसार छनोटमा परेको जयपृथ्वी नगरपालिकालाई परियोजना कार्यान्वयनका सन्दर्भमा आवश्यक थप छलफल तथा समन्वयका लागि पछि जानकारी गराइनेछ। परियोजना कार्यान्वयन सँगै नगरपालिकामा विकासका नयाँ अभ्यास सुरु हुने यस परियाेजना ले थप परिणाम मुखि काम हुने अपेक्षा गरेकाे नगरपालिका उप – प्रमुख रतन बहादुर सिहले बताएका छन।
नवप्रवर्तन साझेदारी परियोजनामा जयपृथ्वी नगरपालिका छनोट भएकाले यस नगरपालिका मा स्थानीय विकास र नविनतम पहललाई थप गति दिने विश्वास लिएकाे निमित्त प्रमुख प्रसासकिय अधिकृत नैन बहादुर सिह ले बिश्वास व्यक्त गरेका छन्।
विज्ञापन

नवप्रर्वतन साझेदारी परियोजनाका लागि जयपृथ्वी नगरपालिका छनोट
विज्ञापन


विज्ञापन

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन

विज्ञापन

विज्ञापन

विज्ञापन

विज्ञापन

विज्ञापन

विज्ञापन

विज्ञापन

विज्ञापन

नयाँ प्रकाशित
विज्ञापन

विज्ञापन

विज्ञापन

विज्ञापन











