माया कुमारी ताडि –बझाङ जयपृथ्वी नगरपालिका वडा नम्बर १० खेइरा निवासी स्वर्गीय विष्णु बहादुर कुवँर र बागमती कुवँरका कोखबाट जेष्ठ छोराका रूपमा जन्मिनु भएका कुवँरको जन्म २०३४ साल १२ महिना २६ गते जयपृथ्बि नगरपालिका वडा न १० खेईरा मा भएकाे हाे। सानै उमेर देखि सामाजिक परिवर्तन र राजनीतिक चेतना प्रति रुचि राख्दै उहाँले २०४८ सालमा १४ वर्षको उमेरमै विद्यार्थी जीवनबाट अनेरास्ववियुको सदस्यता लिएर वामपन्थी आन्दोलनमा सक्रिय सहभागिता जनाउनुभएको थियो।
२०५५ साल देखि विद्यार्थी राजनीतिमा सक्रिय रहनुभएका कुवर २०५२ सालमा परिवर्तनका लागि सुरु भएको जनयुद्धमा तत्कालीन नेकपा माओवादीको प्रवास कमिटीमार्फत २०५६ सालमा गोलबद्ध हुनुभयो। प्रवास कमिटीका विभिन्न मोर्चामा रही पार्टी निर्माणमा अब्बल भूमिका निर्वाह गर्नुभएका उहाँ २०६१ सालमा पार्टीको निर्णयअनुसार स्वदेश फर्किएर जनमुक्ति सेनामा भर्ना हुनुभयो। जनमुक्ति सेनामा काे सिपाई सदस्य हुँदै कम्पनी कमिसार र बटालियन कमिसारको जिम्मेवारी सम्हाल्दै देशका विभिन्न स्थानमा सफलतापूर्वक कमाण्डिङ गर्नुभएको थियो।
जीवनको प्रवाह नगरी देश र जनताको मुक्तिका लागि अन्याय विरुद्ध न्यायको पक्षमा जनयुद्धको अग्रपंक्तिमा रहेर हरेक मोर्चामा सफलता हासिल गर्नुभएका कुवर २०६४ सालमा डडेलधुरा जिल्ला सेक्रेटरीका रूपमा कार्यरत रहनुभयो। त्यसपछि २०६६ सालदेखि तत्कालीन सेती–महाकाली प्रदेश (हाल सुदूरपश्चिम प्रदेश) वाईसीएल नेपालको इन्चार्ज बनेर संगठन विस्तारमा महत्वपूर्ण भूमिका खेल्नुभयो।
२०७२ सालमा तत्कालीन नेकपा माओवादीको सुदूरपश्चिम प्रदेश कार्यालय सचिवको जिम्मेवारी समालनु भएका कुवँरले सुदूरपश्चिममा पार्टी निर्माणमा उल्लेख्य योगदान पुर्याउनु भयो। २०७५ सालमा नेकपा एमाले र नेकपा माओवादी केन्द्र मिलेर बनेको नेकपाको बझाङ जिल्ला अध्यक्षका रूपमा उहाँले दुई दललाई एकीकृत गर्दै सशक्त पार्टी निर्माणमा दृढ संकल्पका साथ नेतृत्व गर्नुभयो।
नेकपा विभाजनपछि उहाँ नेकपा माओवादी केन्द्रको बझाङ जिल्ला अध्यक्ष हुँदै २०७८ सालमा केन्द्रीय सदस्य बन्नुभयो। २०८० सालमा माओवादी केन्द्रको बझाङ जिल्ला इन्चार्जको जिम्मेवारी सम्हाल्दै हाल जेन्जी आन्दोलनपछि बनेको नेपाली कम्युनिष्ट पार्टीको केन्द्रीय सदस्य रहनुभएको छ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कम्युनिष्ट पार्टीको तर्फबाट बझाङ जिल्ला उम्मेदवार बनेका कुवँर हाल सम्म कुनै लाभको पदमा नगएकाले बझाङका मतदातामाझ ‘नयाँ र स्वच्छ अनुहार’का रूपमा परिचित छन्। त्यसैले आगामी निर्वाचनमा कुवँरको पक्षमा जनसमर्थन बढ्ने आकलन राजनीतिक वृत्तमा गरिएको छ।
विज्ञापन

नेपाली कम्युनिष्ट पार्टीका बझाङ जिल्ला उम्मेदवार कुवर जनयुद्ध देखि संसदीय चुनाबि यात्रासम्म
विज्ञापन


विज्ञापन

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन

विज्ञापन

विज्ञापन

विज्ञापन

विज्ञापन

विज्ञापन

विज्ञापन

विज्ञापन

विज्ञापन

नयाँ प्रकाशित
विज्ञापन

विज्ञापन

विज्ञापन

विज्ञापन











