माया कुमारी ताडि बझाङ – नेकपा एमाले बझाङ जिल्ला कमिटीले प्रतिनिधि सभा सदस्यका लागि ऐन महरलाई उम्मेदवारका रूपमा सिफारिस गरे पनि उम्मेदवार प्रमाणपत्र अफिलाल ओखेडाले प्राप्त गरेका छन्।
जिल्ला कमिटीले पहिलो नम्बरमा ऐन महर, दोस्रो नम्बरमा मोहन जोशी र महिलातर्फ धनलक्ष्मि खत्रीलाई उम्मेदवारका रूपमा सिफारिस गरेको थियो। तर केन्द्रबाट उम्मेदवार टुंगो लाग्दा जिल्ला कमिटीले सिफारिस गरेका सबै उम्मेदवारहरू चुनावी रिङबाट बाहिरिएका छन् भने सिफारिसमा नपरेका अफिलाल ओखेडा चुनावी प्रतिस्पर्धामा प्रवेश गरेका हुन्।
सिफारिस गरिएका उम्मेदवार ‘रिङ आउट’ हुनु र सिफारिस नभएका व्यक्ति चुनावी रिङ भित्र प्रवेश गर्नुले एमाले बझाङको आन्तरिक राजनीतिमा तरंग सिर्जना गरेको छ। स्थानीय तहका नेता तथा कार्यकर्ताबीच यस विषयलाई लिएर विभिन्न प्रतिक्रिया आउन थालेका छन्।
अफिलाल ओखेडा यसअघि संविधान सभा सदस्यका रूपमा समानुपातिक प्रणालीबाट निर्वाचित भएका थिए। यता, ऐन महरले भने २०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा गठबन्धनका उम्मेदवारसँग झिनो मतान्तरले पराजय व्यहोरेका थिए।
जिल्ला कमिटीको सिफारिसभन्दा फरक निर्णय आएपछि उम्मेदवार छनोट प्रक्रियामा केन्द्रको भूमिकालाई लिएर समेत चर्चा चलिरहेकाे छ।
विज्ञापन

बझाङ जिल्ला एमाले बाट सिफारिस हुदा ऐन उम्मेदवारी मा अफिलाल ओखेडा भए चैन
विज्ञापन


विज्ञापन

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन

विज्ञापन

विज्ञापन

विज्ञापन

विज्ञापन

विज्ञापन

विज्ञापन

विज्ञापन

विज्ञापन

नयाँ प्रकाशित
विज्ञापन

विज्ञापन

विज्ञापन

विज्ञापन








