माया कुमारी ताडि बझाङ – जिल्लाकै अति दुर्गम साईपाल गाउँपालिका वडा नम्बर ३ मा करिब ६ करोड बराबर लागतको ६८ किलोवाट क्षमताको सौर्य ऊर्जा मिनिग्रिड आयोजना निर्माण कार्य सम्पन्न भई सञ्चालनमा आएको छ। उक्त आयोजना वडा नम्बर ३ अन्तर्गतको लागामाडु भन्ने स्थानमा निर्माण गरिएको छ ।
यो आयोजना वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र (AEPC) र साईपाल गाउँपालिकाको १० प्रतिशत साझेदारीमा निर्माण गरिएको हो। अघिल्लो वर्ष टेन्डर प्रक्रिया भई सूर्योदय निर्माण कम्पनीले ठेक्का पाएको यस आयोजनाको निर्माण कार्य तीन महिनाअघि सुरु भई तीन महिनामै सम्पन्न गरिएको हो। दुर्गम भौगोलिक अवस्थाका कारण आवश्यक सामग्री हेलिकप्टरमार्फत ढुवानी गरिएको भए पनि कम्पनीले छिटो–छरितो रूपमा काम सम्पन्न गरेकाे र गरे के हुदाेरहेन छ भन्ने कुरा स्थापित भएकाे गाउपालिका निमित्त प्रमुख प्रसासकिय अधिकृत जयराज जाेशिले बताए ।
हाल यस सौर्य ऊर्जा मिनिग्रिडबाट वडा नम्बर ३ का बस्तीहरू, गाउँपालिका स्वास्थ्य संस्था तथा विद्यालयहरूमा विद्युत् सेवा प्रवाह भइरहेको छ। विद्युत् प्रयोगका लागि युनिटको आधारमा शुल्क लिने व्यवस्था गरिएको र रिचार्ज प्रणालीमार्फत विद्युत् प्रयोग गर्न सकिने र युनिट सकिएपछि लाइन स्वतः काटिने प्रणाली जडान गरिएको रिचार्ज कार्डहरू वैकल्पिक ऊर्जाले वितरण गरेको र ती कार्डमा रकम भर्ने काम उपभोक्ताले आफैं गर्ने वैकल्पिक ऊर्जा इन्जिनियरले जानकारी दिएका छन्।
यो सौर्य ऊर्जा आयोजना समुदायलाई हस्तान्तरण गरी समुदायमार्फत सञ्चालन गरिने बताइएको छ। विद्युत् महसुल दर युनिट अनुसार समुदायले नै निर्धारण गर्ने साईपाल गाउँपालिका उपाध्यक्ष डोल्मा तामाङले बताइन्।
विद्युत् अभावका कारण यसअघि नेट–इन्टरनेट सेवा नचल्ने अवस्था रहेकाले गाउँपालिकाबाट प्रवाह हुने सेवा चैनपुरबाट सञ्चालन गर्नुपरेको उल्लेख गर्दै गाउँपालिका अध्यक्ष मानबहादुर बोहराले अब भने पालिकाबाटै सबै सेवा दिन सकिने अवस्था बनेको बताए। उनले अब योजना भुक्तानी लगायतका प्रशासनिक कामका लागि चैनपुर जानुपर्ने बाध्यता हटेको भन्दै नागरिकले भोग्दै आएको दुःख अन्त्य भएको र जनता सामु गरेका बाचाहरु पुराहदै गरेका र अब अन्य बस्तिका लागि पनि लागि पर्ने साईपाल गाउपालिका भरि सडक संजाल जाेडन समेत लागि परेकाे अध्यक्ष बाेहराले बताए। साथै सौर्य मिनिग्रिड जडानसँगै साईपालमा शिक्षा, स्वास्थ्य, सञ्चार र स्थानीय अर्थतन्त्रको विकासमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो। उहाँका अनुसार विद्युत् अभावका कारण प्रभावित दैनिक जीवन सहज बन्नेछ भने रातिको समयमा अध्ययन–अध्यापन, स्वास्थ्य सेवा तथा साना उद्योग सञ्चालनमा सहयोग पुग्नेछ बताएका छन
उक्त कार्यक्रम साईपाल गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष गोरख बोहराको अध्यक्षतामा सुरु भएकाे कार्यक्रममा प्रमुख अतिथि गाउँपालिका अध्यक्ष मानबहादुर बोहरा, विशिष्ट अतिथिमा उपाध्यक्ष डोल्मा तामाङ, निमित्त प्रमुख प्रशासकीय अधिकृत जयराज जोशी, बिभिन शाखा प्रमुख ,विभिन्न वडा अध्यक्षहरू,वैकल्पिक ऊर्जाका प्राविधिक प्रजल श्रेष्ठ, कृष्ण आचार्य तथा स्थानीय समुदायका सरोकारवालाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।सौर्य मिनिग्रिड जडानसँगै साईपाल गाउँपालिकामा विद्युत् पहुँच विस्तार हुने र दुर्गम क्षेत्रको जीवनस्तर सुधारमा उल्लेखनीय भूमिका खेल्ने त्यहाका स्थानियले अपेक्षा गरेेका छन ।
विज्ञापन

साईपाल गाउपालिका ६ करोड लागतको ६८ किलोवाट सौर्य ऊर्जा मिनिग्रिड सञ्चालनमा
विज्ञापन


विज्ञापन

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन

विज्ञापन

विज्ञापन

विज्ञापन

विज्ञापन

विज्ञापन

विज्ञापन

विज्ञापन

विज्ञापन

नयाँ प्रकाशित
विज्ञापन

विज्ञापन

विज्ञापन

विज्ञापन











