विज्ञापन

राष्ट्रिय आर्थिक  गणना २०८२ तथ्याङ्क संकलन हुने ४हजार४ सय ३९ करार सेवामा जनशक्ति माग

विज्ञापन
Image
विज्ञापन

माया कुमारी ताडि -काठमाडौं- राष्ट्रिय तथ्याङ्क कार्यालयले राष्ट्रिय आर्थिक गणना–२०८२ को तयारीका लागि करार सेवामा जनशक्ति माग गरेको छ। कार्यालयले सूचना प्रकाशित गर्दै सुपरिवेक्षक र गणक पदमा करार सेवाका लागि योग्य नेपाली नागरिकबाट अनलाइन दरखास्त आह्वान गरेको हो।
सूचना अनुसार सुपरिवेक्षक पदका लागि ५२६ जना र गणक पदका लागि ३ हजार ९ सय ३३ जना गरी जम्मा ४ हजार ४ सय ३९ जना जनशक्ति माग गरिएको छ। यी पदहरूका लागि सम्बन्धित जिल्ला स्थित आर्थिक गणना कार्यालय मार्फत सेवा लिइने जनाइएको छ।
करार अवधि साढे २ महिनाको रहनेछ। न्यूनतम योग्यता अन्तर्गत सुपरिवेक्षक पदका लागि स्नातक तह उत्तीर्ण गरेको हुनुपर्नेछ भने गणक पदका लागि कम्तीमा १०+२ (प्रमाणपत्र तह) वा सो सरह उत्तीर्ण गरेको हुनुपर्नेछ।
सेवा सुविधा तर्फ सुपरिवेक्षकलाई राजपत्र अनङ्कित प्रथम श्रेणीको सुरु तलब स्केल बराबर मासिक ३४ हजार ७ सय३० रुपैयाँ र गणकलाई राजपत्र अनङ्कित द्वितीय श्रेणीको सुरु तलब स्केल बराबर मासिक ३२ हजार २ सय ०२ रुपैयाँ प्रदान गरिनेछ।
दरखास्त अनलाइन प्रणाली मार्फत सूचना प्रकाशित भएको मिति २०८२/१०/१ गते काे  मितिले २१ दिन भित्र पेश गर्नुपर्नेछ। तोकिएको म्यादभित्र दरखास्त नपरेमा कुनै कारबाही नहुने स्पष्ट गरिएको छ। आवेदनका क्रममा नेपाली नागरिकताको प्रमाणपत्र, पासपोर्ट साइज फोटो, शैक्षिक योग्यताको प्रमाणपत्र, चारित्रिक प्रमाणपत्र र अनुभव प्रमाणपत्र (भएमा) संलग्न गर्नुपर्नेछ।
कार्यक्षेत्र सम्भव भएसम्म उम्मेदवारको रोजेको स्थानीय तहमा रहनेछ। गणकले तथ्याङ्क संकलन गर्ने तथा सुपरिवेक्षकले तथ्याङ्क संकलन तथा सुपरिवेक्षण गर्ने जिम्मेवारी पाउनेछन्। दरखास्त दिने अन्तिम मिति सम्म १८ वर्ष पूरा भई ४५ वर्ष ननाघेको हुनुपर्ने शर्त पनि राखिएको छ । छनौट विधि भने  सटलिष्ट र  मौखिक परीक्षा  बाट  छनौट हुने भनिएकाे छ । काम गर्नु पन्ने अबधि २०८२ चैत्र २६ देखि २०८३ असाढ ८ गते सम्म गर्नु पर्ने उल्लेख गरेकाे छ । फारम अन्लाईन मा भर्नु पर्ने र थप जानकारी राष्ट्रिय तथ्याङ्क कार्यालयको वेबसाइट www.nsonepal.gov.np मा हेर्न सकिनेछ भने आवश्यक परे कार्यालयको आर्थिक गणना शाखामा ०१- ४१००५४४ सम्पर्क गर्न सकिने जनाइएको छ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन