माया कुमारी ताडि बझाङ – मष्टा गाउँपालिकाको आयोजनामा सञ्चालन भएको छैटौँ राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको छ। प्रतियोगितामा मष्टा गाउँपालिका भित्र रहेका ६ वटा माध्यमिक विद्यालयको सहभागिता रहेको थियो।
प्रतियोगितामा कुलमष्टाजन माध्यमिक विद्यालय भातेखोलाले २१ स्वर्ण, ८ रजत र ९ कास्य पदक सहित प्रथम स्थान हासिल गर्दै रनिङ सिल्ड आफ्नो पक्षमा पार्न सफल भएको छ। अघिल्लो वर्ष पनि कुलमष्टाजन माविले नै सिल्ड जितेकाले यस वर्षसमेत लगातार दोस्रो पटक रनिङ सिल्ड हात पारेको हो।
यसैगरी, रिलुचौर माध्यमिक विद्यालय रिलुले २ स्वर्ण, १० रजत र ५ कास्य सहित दोस्रो स्थान प्राप्त गरेको छ भने घचाया माध्यमिक विद्यालय कोटदेवलले २ स्वर्ण, ३ रजत र ३ कास्यसहित तेस्रो स्थान हासिल गरेको छ।
त्यसैगरी, शारदा माध्यमिक विद्यालय तिनगाउँले २ स्वर्ण, २ रजत र ५ कास्य सहित चौथो, हिमालय माध्यमिक विद्यालय ठकुन्नाले २ स्वर्ण, २ रजत र ३ कास्यसहित पाँचौँ तथा आयोजक विद्यालय सरस्वति विद्या मन्दिर माध्यमिक विद्यालय रनाडाले १ स्वर्ण, ५ रजत र ५ कास्यसहित छैटौँ स्थान प्राप्त गरेको छ।
मष्टा गाउँपालिका युवा, शिक्षा तथा खेलकुद शाखा प्रमुख पृथ्थुराज जोशीका अनुसार मष्टा गाउँपालिकाले प्रत्येक वर्ष फरक–फरक विद्यालयमा रनिङ सिल्ड प्रतियोगिता आयोजना गर्दै आएको छ। यसै क्रममा आगामी वर्ष हुने मष्टा गाउँपालिका स्तरीय रनिङ सिल्ड प्रतियोगिता हिमालय माध्यमिक विद्यालय ठकुन्नामा आयोजना गरिनेछ, जसका लागि हिमालय मा वि ले झण्डा ग्रहण गरी आयोजक विद्यालय बन्ने भएको छ।
यसअघि कुलमष्टाजन मावि, रिलुचौर मावि, शारदा मावि र यस वर्ष सरस्वति मा विमा प्रतियोगिता सम्पन्न भइसकेको छ भने घचाया माविमा खेलमैदानको अभावका कारण अहिलेसम्म प्रतियोगिता आयोजना हुन नसकेको जनाइएको छ।
प्रतियोगिताको समापन कार्यक्रम मष्टा खेलकुद विकास समिति अध्यक्ष पुष्कर रोकायाको अध्यक्षता तथा मष्टा गाउँपालिका वडा नं. १ का वडा अध्यक्ष रामचन्द्र रोकायाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। कार्यक्रममा कार्यपालिका सदस्य प्रकाश ओखेडा, युवा शिक्षा तथा खेलकुद शाखा प्रमुख पृथ्थुराज जोशी, विभिन्न राजनीतिक दलका प्रतिनिधि, विद्यालयका प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समिति अध्यक्ष, कर्मचारी, पत्रकार लगायतको उपस्थिति रहेको थियो।
राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताले मष्टा गाउँपालिकामा विद्यालय स्तरीय खेलकुद विकास, प्रतिभा पहिचान तथा खेलकुद संस्कृतिको प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको अायाेजकले बताएका छन्।
विज्ञापन

मष्टा गाउँपालिकाको छैटौँ राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता सम्पन्न
विज्ञापन


विज्ञापन

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन

विज्ञापन

विज्ञापन

विज्ञापन

विज्ञापन

विज्ञापन

विज्ञापन

विज्ञापन

विज्ञापन

नयाँ प्रकाशित
विज्ञापन

विज्ञापन

विज्ञापन

विज्ञापन











