विज्ञापन

बझाङ जिल्ला क्रिकेट संघद्वारा पुरुष क्रिकेट टिम छनोटको सूचना जारी

विज्ञापन
Image
विज्ञापन

माया कुमारी  ताडि बझाङ – राष्ट्रिय खेलकुद परिषद्को वार्षिक कार्यतालिका अनुसार नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा सञ्चालन हुने प्रधानमन्त्री एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता यस वर्ष चैत १४ गतेदेखि बैशाख ९ गतेसम्म आयोजना हुने भएको छ। उक्त प्रतियोगिताका लागि बझाङ जिल्लाको पुरुष क्रिकेट टिम छनोट गर्न बझाङ जिल्ला क्रिकेट संघले औपचारिक सूचना जारी गरेको छ।
जिल्ला क्रिकेट संघले प्रकाशित गरेको सूचनाअनुसार इच्छुक तथा योग्य खेलाडीहरूले पुस२७ गतेदेखि माघ ४ गतेसम्म फारम भर्न सक्नेछन्। त्यसपछि माघ ४ गते नै सम्पर्क तथा उपस्थितिका लागि तोकिएको छ।
खेलाडी छनोट प्रक्रिया माघ ५ देखि ९ गतेसम्म हुने भएकाे छ ।  दुर्गाथलि गाउपालिका अध्यक्ष दिल बहादुर थापाका अनुसार जनताका सामु चुनाबमा बाचा गरेकाे एक बाचा जाफ्रिमा क्रिकेट खेलमैदान निर्माण पूरा भएकाे र जिल्लाकै छनाेट प्रक्रिया  दुर्गाथली–५ स्थित झाफी खेलमैदानमा सञ्चालन हुने कुरा ले दुर्गाथलि गाउपालिका काे गौरब रहेकाे अध्यक्ष थापा ले बताए ।  सो अवधिमा खेलाडीहरूको प्रदर्शनका आधारमा बझाङ जिल्लाको अन्तिम टिम घोषणा गरिनेछ।
जिल्ला क्रिकेट संघका अध्यक्ष प्रविन्द्र धामीले जिल्लाभरका क्लब तथा खेलाडीहरूलाई निर्धारित समय र स्थानमा उपस्थित भई छनोट प्रक्रियामा सहभागी हुन आग्रह गर्नुभएको छ। प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूले प्रदेश तथा राष्ट्रिय स्तरमा समेत प्रतिनिधित्व गर्ने अवसर पाउने भएकाले यो छनोट महत्वपूर्ण मानिएको छ। याे छनाेट प्रक्रिया निस्पक्ष रुपमा गरिने जिल्ला क्रिकेट संघले जनाएको छ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन